केन्द्रदेखि वडासम्म भ्रष्टाचार –केन्द्रीय सदस्य केसी

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
1475133506arjun-narsingha-kc-final1

पोखरा, १ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केपी नेतृत्वको सरकार गठन भएक १३ महिने अवधिमा संघदेखि स्थानीय तहसम्म भ्रष्टाचार मौलाएको बताएका छन् ।

नेपाली काँग्रेस कास्कीद्वारा शुक्रवार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने– संघीयताको भावना अनुरुप सिंहदरबारका अधिकार गाउँसम्म पुग्नुपर्ने थियो तर भ्रष्टाचार मात्र गाउँसम्म पुग्न सक्यो ।

वाइडबडी, फोर जमा ठूलो आर्थिक अनियमितता भएको र त्यसको स्वतन्त्र छानविन हुनुपर्ने भनाई उनको छ । काँग्रेसले भ्रष्टाचारीलाई बोक्दैन, त्यो आफ्नै मान्छे किन नहोस् उनले भने–संसदमा संसदीय समिति शक्तिशाली हुन्छ, समितिले छानविन गरिरहेका अवस्थामा सरकारबाट न्यायिक समिति बनाइनु हुदैन ।

काँग्रेसभित्र नीतिगत त्रुटी, नेतृत्वगत कमजोरी लगायतका कारणबाट पार्टी कमजोर भएको छ, उनले भने– एकआपसमा दोषारोपण भन्दा पनि सुधारवादी आन्दोलन आवश्यक छ । नेपाली काँग्रेस पार्टी व्यक्तिबाट नभै विधिबाट चल्नुपर्ने र कार्यकर्ताले पनि विवेकलाई बन्दी बनाउन नहुने भनाई उनको छ ।

उक्त अवसरमा नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, सचिव सुदीप मोहन भट्टराई, काँग्रेस नेता कृष्णकुमारी परियार, मुक्तिराम अधिकारी, निर्मल कर्माचार्य लगायतले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्नेमा जोड दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width