सहकारी टोली अवलोकन भ्रमणमा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५

पोखरा, १ चैत । पोखराको रामबजार स्थित संगम बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी अवलोकन भ्रमण सम्पन्न गरी फर्केका छन् ।

भ्रमण फाल्गुण २३–२५ सम्म चितवन, नवलपरासी हुँदै भैरहवाको सहकारीको अध्ययन÷अवलोकन गरी फिर्ता भएको हो । संस्थाका वरिष्ठ व्यवसथापक अपिल कोइरालाको नेतृत्वको टोलीमा ९ जना कर्मचारीको सहमागिता थियो ।

संस्थाले नवलपरासीको विकु सहकारी साथै भैरहवा, कोटिहवा स्थित जनउत्थान सहकारीको भ्रमण गरी जनउत्थान सहकारीका व्यवस्थापक रनबहादुर थापाबाट कर्मचारीका लागि १ दिने व्यवस्थापन प्रशिक्षण तालिम संचालन गरिएको थियो ।

संस्था नीति , विधि र प्रविधिलाई आत्मसाथ गर्दै दिगो संस्था र समृद्घ सदस्य बनाउने लक्ष्यमा साथ भ्रमण गरिएको बताइएको छ । हाल संस्थाको शेयरपुँजी ७ करोड , कोषहरुका २ करोड ५० लाख , बचत २६ करोड , ऋण लगानी २७ करोड र कुल कारोबार ३७ करोड रहेको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • बागलुङ उवा संघको टोलीलाई स्वागत

    आदर्श समाज सम्वाददाता भाद्र २७, २०८१
    लेखनाथ । विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा निस्केकोे बागलुङ उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई…
  • तीजमा सफल सादा दही

    आदर्श समाज सम्वाददाता भाद्र २०, २०८१
    पोखरा । हरितालिका तीज अवसरमा सुजल डेरी प्रालिले ‘सफल दही, एकदम सही’ नाराका साथ सफल सादा दही (सुगर फ्रि) बजारमा…
  • ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा वडा १६ वडा कार्यालयको संरक्षकत्वमा बडहरबोट आमा समूह आयोजनामा बाटुलचौरमा बुधबारदेखि ऐतिहासिक बाटुलेचौर तीज मेला सुरु भएको…
  • लामाचौर तीज महोत्सव सुरु

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पाखरा । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा बुधबारदेखि २६ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८१’ सुरु भएको छ । महिलाहरुको महान्…
  • पोखरेल प्यानलको घरदैलो

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुवानी मैदानमा होमिएको अर्जुन पोखरेल प्यानल यतिबेला घरदैलोमा व्यस्त छ ।…

hero news full width