सीनो हाइड्रोको मजदुर बोकेको बस दुर्घटना दुई जनाको मृत्यु

एजेन्सी
चैत्र १, २०७५
cdb1050c09b7ea622e80eda9965ea567_L

दोलखा, १ चैत । दोलखामा मजदुर बोकेको बस शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
बा ४ ख ४५७३ नम्बरको बस शुक्रबार बिहान ७ः४५ बजे बिगो गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना भएको हो । सीनोहाइड्रोले भाडामा लिएर चलाएको उक्त बसले मजदुर बोकेर जादै थियो ।

दुर्घटनामा सुर्खेत चौकुने गाउँपालिका–३ का ३८ वर्षीय दिनेश थापा र लमजुङ मस्याङ्दी गाउँपालिका–३ का ४४ वर्षीय हीराप्रसाद मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखालm जानकारी दिएको छ । दुर्घटनामा परी घाइते भएका २४ जनाको जिल्ला सदरमुकाम चरिकोटका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार, घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ ।बस दुर्घटनाको कारण खुलेको छैन बस सडकबाट ३० मिटर तल खसेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width