महोत्सव समापन समारोहर्लाइ सम्बोधन गर्दै प्रधानसेनापति महारथि पूर्णचन्द्र थापा
लमजुङ, ३० फागुन। गण्डकी प्रदेशस्तरीय छैटौं लमजुङ महोत्सवमा २० करोड रुपैयाँको कारोबार भएको छ। एघार दिनसम्म सञ्चालन भएको उक्त महोत्सवमा सो रकम बराबरको कारोबार भएको हो।
महोत्सव समापन गर्दै प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाली सेना मुलुकको अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको बताए। उनले जिम्मेवारी पूरा गर्न कुनै कसर बानी नराख्ने बताए। उनले जनताको सेवामा निरन्तर खटिरहने नेपाली सेनाले सधैँ नागरिकलाई सुरक्षा प्रत्याभूत दिलाउने बताए। उनले राष्ट्र र जनताको रक्षा गर्नु आफूहरूको दायित्व भएको र त्यसप्रति प्रतिबद्ध रहेको उल्लेख गरे।
नेपाली सेनाले लमजुङमा कृषि प्राविधिक विद्यायल सञ्चालन गर्न गृहकार्य गरिरहेको पनि उनले जानकारी दिए। नेपाली सेनाका अवकाशप्राप्त र आश्रित परिवारमा आधुनिक कृषिसम्बन्धी सीप विकासका लागि उक्त केन्द्र स्थापना गर्ने भएको उनले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी सरकारको साझेदार भएको बताउँदै कुनै आयोजना बने उद्योगीजस्तै सरकार पनि त्यसको साझेदार हुने बताए। ढकालले तीव्र आर्थिक विकासका लागि विदेशी लगानीकर्तासँगै स्वदेशी लगानीकर्तालाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिए। आइएमई समूहका अध्यक्ष समेत रहेका ढकालले उदाहरण दिँदै मलेसियालाई आर्थिक विकासको चरममा पुग्न २०/२२ वर्ष पनि नलागेको स्मरण गरे।
कार्यक्रममा संविधानसभा सदस्यत्रय जमिन्द्रमान घले, टुका हमाल र हिमकुमारी सुनार, वेशीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संयन्त्र सदस्य कृष्णप्रसाद अधिकारीलगायतले कृषि र पर्यटनबाट देशको समृद्धि हुने भएकाले यस क्षेत्रमा लगानी बढाउनुपनेर्मा जोड दिएका थिए।
‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, नागरिक समृद्धिका लागि लगानीमैत्री वातावरण’ भन्ने नाराका साथ सो महोत्सव आयोजना गरिएको थियो। आयोजक लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाका अनुसार २ लाख दर्शकले महोत्सवको अवलोकन गरे। महोत्सव अवधिमा २५ लाख रुपैयाँको टिकट बिक्री भएको छ। यतिधेरै टिकट बिक्री भएको लमजुङ महोत्सवको इतिहासमा पहिलो पटक हो।
जिल्लामै उद्यमी बनाउने र आर्थिक विकासमा टेवा पुर्याइने लक्ष्यका साथ महोत्सव सञ्चालन गरिएको आयोजक संस्थाका द्वितीय उपाध्यक्ष गुणराज सिलवालले बताए। उनका अनुसार महोत्सवस्थलमा २ सय ५० वटा स्टल राखिएका थिए। महोत्सवबाट परम्परागत कला संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण तथा व्यापार व्यवसायलाई प्रदेशस्तरसम्म प्रवद्र्धन गर्न सघाउ पुर्याएको लमजुङ उद्योग वाणिज्य संघका पर्यटन प्रवद्र्धन उपसमितिका संयोजक रामकुमार श्रेष्ठले बताए।
उनका अनुसार महोत्सवमा शिक्षा तथा संस्कृति प्रवद्र्धनका क्षेत्रमा जिल्लाव्यापी अन्तरमावि नृत्य प्रतियोगिता, छन्द कविता प्रतियोगिता, पुस्तक प्रदर्शनी तथा बिक्रीकक्ष, आइ टी प्रदर्शनी, गजल साँझका कार्यक्रम गरिएको थियो।
यसैगरी, महोत्सवमा गण्डकी प्रदेशभित्र रहेका विभिन्न लोक साँस्कृतिक प्रदर्शनी, लोकदोहोरीगीत कार्यक्रम, राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मशताब्दी विशेष साहित्यिक मेला, झाँकी तथा र्याली प्रदर्शनी, विधि मनोरञ्जनात्मक कार्यक्रम, विज्ञान प्रदर्शनी, नाटक प्रदर्शनी, सरकारी तथा गैरसरकारी निकायको गतिविधि प्रदर्शनी, गृहणी नृत्य प्रतियोगिता सञ्चालन गरिएको लमजुङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख श्याम सुयलले बताए। उनका अनुसार महोत्सवस्थलमा निर्माण गरिएको जनजातिहरू गुरुङ, मगर, नेवार, तामाङ, ह्योल्मो, भुजेल, कुमाल र चेपाङका परम्परागत घर र खानपीन आकर्षणका केन्द्र बनेका थिए। संघका अध्यक्ष राजेश थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन महासचिव कृष्णजंग गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
व्यापार मेलामा ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेश
फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
राजनीति र आन्तरिक द्वन्द्वले सहकारी बदनाम : मन्त्री जिसी
औद्योगिक व्यापार मेला महिला : उद्यमशीलता तथा हस्तकला प्रवद्र्धनको विशेष व्यवस्था
hero news full width
मुख्य समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०