ओके बाजेलाई नागरिक अभिनन्दन

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
ok baje_Fotor

पाल्पा, ३० फागुन। जापानीज नागरिक काजुमासा काकिमी (ओके बाजे) लाई पाल्पा जिल्लामा उनले पुर्याएको योगदान कदर गदै नागरिक अभिनन्दन गरिएको छ।

२०५० सालदेखि पाल्पाको ग्रामीण बस्तीहरुमा बसेर विपन्न समुदायको उत्थानमा आर्थिक स्रोत जुटाई भौतिक संरचना निर्माण, स्वास्थ्य उपचार र शिक्षा आर्जनमा महत्वपूर्ण भूमिका खेलेको भनी अभिनन्दन गरिएको हो।

नेपाल सरकारले गोरखा दक्षिणबाहु तेस्रोले विभूषित भएका र पाल्पाली नागरिकले दुई पटक सम्मानित भएका समाजसेवी ओकेबाजेलाई पाल्पा बसाइँको २५ वर्ष पुगेको अवसर तेस्रो पटक अभिनन्दन गरिएको हो।

अभिनन्दनबाट नेपाल सरकारलाई महानार्थ नागरिकता दिनका लागि सन्देश प्रवाह गर्ने खोजिएको अभिनन्दन समारोहका संयोजक सुन्दर श्रेष्ठले बताए।

समारोहमा उनलाई जापानीज संस्थाहरु, विभिन्न संघसंस्था र सर्वसाधारण गरी ७० बढी संघसंस्थाले अभिनन्दन गरेका थिए।

समारोहमा तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीसहित अतिथिको उपस्थिति थियो।

७८ वर्षीय ओकेबाजेले पाल्पा बसेर खानेपानी, सिंचाइ, पुस्तकालय स्थापना, खेलकुद, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, औषधि उपचार, आयआर्जनका गतिविधि, एम्बुलेस सेवा लगायत स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर सहयोग गर्दै आएका छन्।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width