साल्मेडाँडाको खानेपानी आयोजना पूरा

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७५
salme (2)_Fotor

पोखरा, ३० फागुन। स्याङ्जाको फेदीखोलास्थित गोर्खा समाधि साल्मेडाँडाको खानेपानी आयोजना सम्पन्न भएको छ। खानेपानी गाउँमा पुगेपछि स्थानीय खुसी भएका छन्।

गोर्खा हेरिटेज ट्रष्ट बेलायत, केन्द्रीय, प्रदेश र स्थानीय सरकारको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएको हो।

साल्मेडाँडा पधेँराबाट लिफ्टिङ गरी योजनास्थल स्थानीय गाउँका घरघरमा र दामगाडे माविमा खानेपानी पुगेको गोर्खा स्मारक ट्रष्ट साल्मेडाँडाका महासचिव डा चन्द्रबहादुर गुरुङले जानकारी दिए।

प्रथम तथा द्वितीय विश्वयुद्व र सन् १८१५ देखि हालसम्म युद्वहरुमा ज्यान गुमाएका ६० हजार भन्दी बढी नेपाली युवा गोर्खाहरुको स्मृतिमा साल्मेडाँडामा स्मारक निर्माण गरिएको छ।

गोर्खा र उनका आफन्तबाट संकलित चन्दाबाट शुरु उक्त गोर्खा स्मारकलाई पछिल्लो समय नेपाल सरकारले समेत बजेट विनियोजन गरेको जानकारी गुरुङले दिए।

Related News

सम्बन्धित समाचार

hero news full width