बागलुङ, ३० फागुन। बागलुङको ढोरपाटन–९, ढोरनवी गाउँका अग्निपीडितको घर पुनःनिर्माणका लागि पहिलो किस्ता वापतको राहत रकम उपलब्ध भएको छ। नगरपालिकाले १ लाख रुपैयाँ राहत रकममध्येबाट पहिलो किस्तास्वरुप प्रतिघरपरिवार २५ हजारका दरले रकम उपलब्ध गराइएको हो।
ढोरपाटन नगरकार्यपालिकाको कार्यालय बुर्तिवाङमा आयोजित कार्यक्रमबीच अग्निपीडितलाई पहिलो किस्ता रकमको चेक हस्तान्तरण गर्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीले सो रकमबाट घर निर्माण गरी रकमको सही सदुपयोग हुने कुरामा विश्वस्त रहेको बताए। उनले आगलागीपीडित सबैको घर एकै किसिमको निर्माण गरी नमूना बस्ती निर्माण गर्ने योजना नगरपालिकाले बनाएको जानकारी दिए। दोस्रो किस्तावापत ७५ हजार रुपैयाँ पछि उपलब्ध गराइने नगर प्रमुख नेपालीले जानकारी दिए। पीडितहरुको घर पुनःनिर्माण सम्पन्न हुने चरणमा घर छाउन आफूले व्यक्तिगत रुपमा राम्रो र बलियो जस्ता पाता उपलब्ध गराउने नगरप्रमुख नेपालीले वचनबद्धता दोहोराए। सो अवसरमा उनले घर पुननिर्माण सम्पन्न भए पश्चात प्रत्येक घरमा नगरपालिकाबाट सोलार बत्तिको व्यवस्था समेत गरिदिने प्रतिबद्धता जनाए।
गत मंसिर ९ गते सो गाउँमा भएको भीषण आगलागीबाट ४८ घर परिवार बसोबास गर्ने ३० घर जलेर नष्ट भएका थिए।
घरबास, लत्ता कपडा, अन्नपात जलेर नष्ट भएपछि कहाँ बस्ने र परिवार कसरी पाल्ने भन्ने समस्या परेको बेला नगरपालिकाले दिएको सहयोगले निकै राहत मिलेको अग्निपीडित सोमला विश्वकर्माले बताए। राहत रकम वितरण कार्यक्रममा वडा १ का अध्यक्ष चित्रबहादुर भण्डारी, नगरपालिकाका इञ्जिनियर नारायण पौडेल, सूचना अधिकृत हरिस भण्डारी लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०