वडा केन्द्र सार्न माग गर्दै अन्नपूर्ण–११ का बासिन्दा। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज
हेमजा, ३० फागुन। अन्नपूर्ण गाउँपालिका वडा ११ का बासिन्दाले हाल उरीमा रहेको वडा केन्द्र अधिकांश जनतालाई अपायक परेको भन्दै घान्द्रुकमा सर्न माग गरेका छन्।
त्यसबारे बुधवार गाउँपालिका कार्यालय ढिकुरपोखरीमा आई उनीहरुले गाउँपालिकाको ध्यानाकर्षण गराए।
गत वर्षदेखि नै आफूहरुले वडा केन्द्र सार्न पहल गरे पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर एक दिन लगाएर गाउँपालिका आउनुपरेको वडा ११ का स्थानीय भुवनेश्वर गुरुङले बताए।
वडावासीले साविक घान्द्रुक गाविसको एउटा भवन प्रयोगविहीन भएको जनाउँदै वडा कार्यालयलाई उक्त भवनमा नै सार्नुपर्ने तर्क गरे।
साविक घान्द्रुक गाविसमा पर्ने आफ्नो वडाको नाम नै मेट्ने गरी उरीमा केन्द्र राखिएको र केन्द्रको नाममा घान्द्रुकको कुनै पक्ष पनि नजोडिएको भन्दै उनीहरुले दुखेसो समेत पोखेका छन्।
जवाफमा गाउँपालिका अध्यक्ष युवराज कुँवरले धर्मपत्नीको स्वर्गारोहणका कारण वडाध्यक्ष हिमबहादुर गुरुङ शोकमा रहेको जानकारी दिँदै आगामी दुई महिनाभित्र वडा भेला गरी बहुमतका आधारमा केन्द्र तोक्ने विषयमा गाउँपालिकाले सहजीकरण गर्ने प्रतिबद्घता व्यक्त गरे।
वडा ११ का कार्यवहाक अध्यक्ष इन्द्रमणि जैसीले वडावासीको मागप्रति आफूहरु संवेदनशील रहेको जनाउँदै उपयुक्त समय मिलाएर चाँडै नै त्यसबारे ठोस निर्णयमा पुग्ने आश्वासन दिए।
Related News
सम्बन्धित समाचार
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
आलु खेतीमा कास्कीको फड्को
नेपालमा पहिलो पल्ट समलिंगी विवाह
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०राष्ट्र संघीय जलवायु सम्मेलन सुरु, अमेरिका र चीनका राष्ट्रप्रमुख अनुपस्थित
मंसिर १४, २०८०हिसान कास्कीको स्पोर्टस् मिटमा उत्साहजनक सहभागिता
मंसिर १४, २०८०