दमौली, ३० फागुन । एसइइ परीक्षामा सम्मिलित छात्रालाई परीक्षा केन्द्रमै सेनेटरी प्याड वितरण गरिने भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेकाले प्रदेशको सामाजिक विकास मन्त्रालयले तनहुँका परीक्षा केन्द्रबाटै सेनेटरी प्याड वितरण गर्न लागेको हो ।
उक्त मन्त्रालयका प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले महीनावारीलाई सहजरुपले लिइ परीक्षामा सहभागी गराउन यस्तो कार्यक्रम अघि सारिएको बताए । परीक्षा सञ्चालन भइरहेको समयमा महीनावारी भैइहाले आफूलाई सहज रुपमा लिनसकिन्छ भन्ने आत्मविश्वास उनीहरूमा बढ्ने भएकाले परीक्षा दिने वातावरण बनाउन परीक्षा केन्द्रबाटै सेनेटरी प्याडको व्यवस्था गर्न लागेका हौँ, उनले भने ।
चैत १० गतेदेखि शुरु हुने एसइइ परीक्षामा तनहुँमा ६ हजार ३५७ विद्यार्थी मध्ये २४ परीक्षा केन्द्रमा तीन हजारभन्दा बढी छात्रा सहभागी हुँदैछन् ।उक्त मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि जिल्ला शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले उक्त चेक समन्वय एकाइका निमित्त प्रमुख डिल्लीरमण भट्टराईलाई प्रदान गरेका छन् ।
निमित्त प्रमुख भटृराईले केन्द्राध्यक्षहरुलाई अभिमुखीकरणको समयमा यस विषयमा जानकारी गराई सहज रुपमा प्याड वितरणको व्यवस्था मिलाइने जानकारी दिए । उक्त मन्त्रालयले गण्डकी प्रदेशअन्तर्गतका मनाङ र मुस्ताङबाहेकका नौ जिल्लामा सेनेटरी प्याड खरीदका लागि झण्डै पाँच लाख रकम प्रदान गरेको छ । मनाङ र मुस्ताङमा छात्राको सङ्ख्या कमी रहेकाले रकम उपलब्ध गराउन नसकिएको मन्त्रालयले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०