ट्रकमा आगजनी

रासस
फागुन ३०, २०७५
Massapequa F.D. Garbage Truck Fire IFO 5 West End Ave. 8-17-12-L

हेटौँडा, ३० फागुन । मकवानपुरको त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिकाको पालुङ नजिक गएराति करीब ११ः४५ बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ ख ७४११ नंको ट्रक ट्रेलरमा अज्ञात समूहले आगजनी गरेको छ ।

आगजनीबाट ट्रकमा क्षति पुगेको छ भने ट्रकका चालक तथा सह–चालक सुरक्षित छन् । सो घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका बस्तीपुरमा अज्ञात समूहले विहीबार बिहान करीब ६ः३० बजे ना ६ ख ७३६९ नं को ट्रकमा ढुङ्गाले हान्दा चालक र सह–चालकलाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

मुख्य समाचार