वन्दको विरोधमा पोखरेली युवा

एजेन्सी
फागुन ३०, २०७५
p 2

पोखरा, ३० फागुन । बन्दको बिरोधमा पोखरेली युवा सडकमा उत्रिएका छन् । विप्लव समूहले सरकारद्वारा पक्राउ गरिएका आफ्ना कार्यकर्ताको रिहाई गर्न माग गर्दै विहीबार नेपाल बन्द आहन गरेको हो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आह्वान गरेको नेपाल बन्दको देशभर प्रभाब परेको छ । विप्लवले आह्वान गरेको बन्दको विरुद्ध पोखराका युवा प्रदर्शनमा उत्रिएका छन् । युवाले ‘बन्दले देश बन्दैन, बन्दको विकल्प खोजौं भन्दै’ प्रदर्शन गरेका हुन् ।

विवेकशील साझा पाटीमा आवद्ध युवाको नेतृत्वमा स्थानीय युवाले पोखराको पृथ्वीचोकमा ‘बन्दले देश बन्दैन’ बन्दको विकल्प खोजौँ’, ‘नेपाल खुला छ’ लगायतका प्लेकार्ड सहित राष्ट्रिय झण्डा लिएर प्रर्दशन गरेका छन् ।

देश विकास र समृद्धिको बाधक बन्द हड्तालको विकल्प राजनीतिक पार्टीहरुले खोज्नु पर्ने विवेकशील साझा पाटीका युवाको भनाई छ । उनीहरुले वार्ताका माध्यमवाट समस्याको समाधान खोज्न विप्लव र सरकार पक्ष दुवैलाई आग्रह समेत गरेका छन् । विकासमा बाध नपुग्ने गरी शान्तिपूर्ण संघर्ष गर्न पाउने अधिकार भए पनि बन्द हड्ताल जस्ता काम बन्द गर्नुपर्ने माग ती युवाको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width