पोखरा, ३० फागुन । नेपाली कााग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले विप्लव समूह र केपी नेतृत्व सरकार दुबै लुटेरा समूह भएको संज्ञा दिएका छन् ।
प्रेस युनियन कास्कीद्वारा विहीबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता केसीले भने– विप्लब समूहले व्यापारिकसँग चन्दा आतङ्क मच्चाएर लुटेको छ, केपी नेतृत्वको सरकारले सिंहदरमै बसेर जनताको करमा लुट मच्चाएको छ ।
केपी नेतृत्वको सरकारले शासन गरेको १३ महिना पुग्यो, यो समयमा राम्रा काम कुनै गरेन, १३ महिने सरकारलाई काण्डैकाण्ड गर्न सफल भएको भन्दै विभूशीत गर्न गर्नु पर्ने हुन्छ, उनले भने–निर्मला हत्या काण्ड, वाइडवढी काण्ड, वुढीगण्डकी जलविद्युत काण्ड, सुन काण्ड, फोरजी काण्ड, एनसेल काण्ड चर्चित बनेका छन् ।
केपी नेतृत्वको सरकार जनताको चाहना र अपेक्षा अनुसार चलेको छैन, महंगी र कर वृद्धिले जनतालाई दैनिक जीविको पार्जन गर्न कठिन भएको छ, सिंहदरबारदेखि वडासम्म भ्रष्टाचार मौलाएको छ, प्रेस, न्यायलय र अख्तियारमाथि आक्रमण गर्दै सरकार अधिनायकवाद तर्फ अगाडि वढेको छ, नेता केसीले भने –भ्रष्टाचारको मुद्दालाई अगाडि वढाउनु पर्छ त्यसमा आफ्नै पार्टीको नेता किन नपरुन कारवाही हुनु पर्छ ।
संसारमा पूर्व प्रधानमन्त्री देखि मन्त्रीहरुलाई भ्रष्टाचार गरेको आरोपमा कारवाही भएका उदाहरण छन् उनले भने— सुनकाण्ड, वाइडवडी खरिद प्रकरणका वारेमा निश्पक्ष छानवीन हुनु पर्छ र दोषीलाई कानूनी कारवाही हुनै पर्छ ।
विप्लव समूह राजनीतिक पाटी नै हो, राजनीतिक पार्टीलाई प्रतिबन्द लगाउने कानून नेपालमा छैन, उनीहरुलाई प्रतिबन्द लगाउने कार्य अलोकतान्त्रिक हो, उक्त समूहलाई वार्ता र छलफलको माध्यमवाट मूल राजनीतिक धारमा ल्याउनु पर्छ, उनीहरुको गतिविधि गलत छन् भने त्यो रोक्न जरुरी हुन्छ, उनले भने ।
सीके राउतलाई शान्ति प्रक्रियामा ल्याउने कार्य राम्रो हो, सरकारले सीके राउतसँग गरेको ११ बँदे सम्झौतामा केही बुँदा अस्पष्ट छन्, सम्झौता भएको भोलीपल्टै नै स्वतन्त्र मधेसका नारा उठे, समझदारी कार्यान्वयन हुनु प¥यो, यो समझदारीले प्रधानमन्त्री केपी शमालार्ई प्रयोग गरेर सीके राउतले स्वतन्त्र मधेसको विखण्डन कार्य अगाडि वढाएजस्तो देखिन्छ, नेता केसीले भने–यदि सम्झौता नै भएको हो भने सीके राउतले संचालन गरेको राष्ट्र बिरोधी कार्य बन्द होस् ।
नेपाली काँग्रेस पार्टी भित्र आन्तरिक विवाद छ, पार्टीको अपारदर्शी नीतिकै कारण पार्टी एकढिक्का भएर अगाडि वढ्न सकेकाे छैन, र बलियो प्रतिपक्षी बन्न नसकको स्वीकार पनि उनले गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
hero news full width
मुख्य समाचार
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
मंसिर ११, २०८०