पाँचौँ महिला साफ फूटबल प्रतियोगितामा भारतले माल्दिभ्समाथि आधा दर्जन गोल वर्षा गराएको छ ।
प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई फराकिलो गोलअन्तरले पराजित गरेको हो । विराटनगरको सहिद रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।
भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रंगनाथन, इन्दुमति कासिरेतान, रतनबाला देवीले एक÷एक गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेको बंगलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ ।
Related News
सम्बन्धित समाचार
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
माछापुच्छ्रेमा राष्ट्रपति रनिङ सिल्ड सुरु
आइटिएफ जे–३० : डबल्सतर्फ सेमिफाइनलका खेल सम्पन्न
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०आलु खेतीमा कास्कीको फड्को
मंसिर १५, २०८०