महिला साफ फुटबलमा माल्दिभ्समाथि भारतको गोल वर्षा

narayan shahi नारायण शाही
फागुन २९, २०७५
SAAF Women 2

पाँचौँ महिला साफ फूटबल प्रतियोगितामा भारतले माल्दिभ्समाथि आधा दर्जन गोल वर्षा गराएको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा भारतले माल्दिभ्सलाई फराकिलो गोलअन्तरले पराजित गरेको हो । विराटनगरको सहिद रंगशालामा भएको खेलमा भारतले माल्दिभ्सलाई ६–० गोल अन्तरले हराएको हो ।

भारतका लागि सञ्जु यादवले दुई तथा सन्ध्या रंगनाथन, इन्दुमति कासिरेतान, रतनबाला देवीले एक÷एक गोल गरेका थिए । खेल अवधिभर भारतले माल्दिभ्सलाई दबाबमा राखेको थियो । पहिलो हाफमा ५–० को फराकिलो गोल अन्तरले अग्रता बनाएको भारतले दोस्रो हाफमा आक्रमक खेल खेलेको थियो । माल्दिभ्सका खेलाडीले रक्षात्मक खेल खेलेका थिए । बिहीबार समूह ‘ए’ मा रहेको बंगलादेश र भूटानबीच प्रतिस्पर्धा हुनेछ ।

Related News

सम्बन्धित समाचार

    • भलिबल उपाधि विधान स्पोर्ट्स हाउस वालिङलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । विधान स्पोर्ट्स हाउस वालिङ स्याङ्जाले स्वर्गीय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि…
    • नेपालकै ठूलो धनराशिको फुटसल

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठूलो राशिको खुला फुटसल प्रतियोगिता हुने भएको छ ।…
    • सुरु भयो बिटी कपको १४ औं संस्करण

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता पोखरामा आइतबार सुरु भएको छ । बुद्धटोल युवा…
    • देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १६, २०७७
      पोखरा । पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा भएको ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साइड नयाँगल्ली कप २०७७’को उपाधि…
    • सचिन स्मृति दौडको उपाधि भारतीय सेना गुरुङलाई

      Avatar आदर्श समाज सम्वाददाता फागुन १५, २०७७
      फागुन । रोट्रयाक्ट क्लब अफ दमौलीले आयोजना गरेको १८ औं सचिन स्मृति खुल्ला दौड प्रतियोगितामा भारतीय सैनिक भरत गुरुङ विजेता…

    hero news full width

    sanil ads

    wordlink ads