पोखरा, २९ फागुन । पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
करदाताको कर्तव्य,दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी÷व्यवसायीलाई जानकारी दिन सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
नेपाल सरकारले मध्यमस्तरका करदातालाई लक्षित गरी गएको असारबाट मध्यमस्तरीय करदाता कार्यालयको स्थापना गरेको हो । ४० देखि ८० करोडसम्मको वार्षिक कारोवार गर्ने करदाताहरु तथा २५ करोडदेखि ८० करोडसम्म वार्षिक कारोवार गर्ने बैंक, पर्यटन उद्योग,ठेक्कापट्टा व्यवसायीहरु ठूला करदाता कार्यालयसँग जोडिन्छन् । अहिले नेपालका ८ सय ३३ करदाताहरुले यो कार्यालयसँग आवद्ध भएर कर तिर्दै आएका छन् । उनीहरुले वार्षिक १८ अर्व ४ करोड रुपैयाँ राजश्वमा योगदान दिँदै आएका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले कर शिक्षाको जानकारी राख्न सके व्यवसायमा सफलतासँगै दण्ड, जरिबानाबाट समेत मुक्ति पाइने बताए । कर शिक्षालाई अझ ब्यापक बनाउनु पर्नेमा जोड दिँदै उनले करसम्बन्धि कानूनहरुलाई सजिलो र बुझ्ने भाषामा परिमार्जन गरिनुपर्नेमा जोड दिए ।
यता, मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंका प्रमुख कर अधिकृत हरिप्रसाद तिमिल्सिनाले करदातासँग दायित्व र अधिकार दुबै भएको प्रसङ्ग झिक्दै कर कानूनको पालनामा जोड दिए । उनका अनुसार आर्थिक ऐन २०७५ ले प्रदेश र स्थानीय तहमा तिरेको कर करलाई खर्चको रुपमा परिभाषित गरेको छ । आयकर ऐनले वार्षिक ४० लाखभन्दा बढी आय भएकाहरुको आय गणना गर्दा बैठक भत्ता र ब्याज समावेश गर्न नपर्ने बनाएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइराला सुवेदीले करदाता शिक्षाको व्यापकतामा जोड दिए । संघका महासचिव अर्जुन पोखरेलले करदातालाई सम्मानपूर्ण व्यवहार गरिनुपर्ने,गोपनियताको अधिकारको सुरक्षा हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनुकुमारी गुरुङ, व्यवसायीहरु विक्रम कर्माचार्य, वीरेन्द्र केसीलगायले विद्युतीय प्रणालीमार्फत कर भुक्तानी, ठूला कर कार्यालयको दायित्व र कार्यक्षेत्रलगायतका विषयमा बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१