पोखरा, २९ फागुन । नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको छ । सरकारले विहीवार विप्लव समूहमाथि प्रतिवन्ध लगाउने आधिकारिक घोषणा गर्न सक्ने देखिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई विप्लव समूहलाई प्रतिवन्ध लगाउने निर्णयको ब्रिफिङ गरिसकेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत सँगै राखेर मन्त्रिपरिषदले बिप्लबमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णयबारे प्रम ओलीले ब्रिफिङ गरेका हुन्।
सोमबार साँझ मन्त्रिपरिषदको बैठक सकिएलगत्तै देउवा र प्रचण्डलाई बालुवाटार डाकिएको थियो। उनीहरुलाई अन्य केही मन्त्रीका साथम ओलीले निर्णयका वारेमा जानकारी गराईएको थियो । प्रम ओलीका साथ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल), नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ ब्रिफिङमा सहभागी थिए।
त्यस अवसरमा बिप्लब समूहका सम्बन्धमा सरकारले पाएका केही गोप्य सूचनाका आधारमा सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको जानकारी देउवा–प्रचण्डलाई गराइएको थियो। सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतालाई मन्त्रिपरिषदले गरेको निर्णयको जानकारी गराउनुका अलावा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विरोध नहोस् भनेर त्यसबारे जानकारी गराइएको हो।
स्रोतका अनुसार, सरकारले गरेको ब्रिफिङबाट प्रमुख प्रतिपक्षी दलका नेता देउवा कन्भिन्स छन्। त्यसैले, उनले नै सरकारले गरेको यो निर्णयको विरोध हुने सम्भावना अब छैन।
Related News
सम्बन्धित समाचार
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
कांग्रेस गण्डकीको सम्मेलन तय, विभागमा धमाधम मनोनयन
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०