पोखरा, २९ फागुन । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सीके राउतसँग सरकारले गरेको सम्झौता रहस्यपूर्ण र बिवादास्पद भएको बताएका छन् ।
हिन्दुराष्ट्र पुनःस्थापनाको अभियान लिएर मेची—महाकाली यात्रामा निस्केका थापासँग मिडिया नेपालद्वारा बुधवार पोखरामा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।सम्झौताको औपचारिक घोषणा अगावै सरकारमा आवद्वहरुले नै आफ्ना एजेण्डा सार्वजनिक गर्नु रहस्यपूर्ण छ, उनले भने—सम्झौता कसैको दवावमा भएको हुन सक्ने आशंका छ ।
सरकारसँग भएको सम्झौताको मसीसुक्न नपाउदै सीके राउतका कार्यकर्ताले जनकपुरमा देश टुक्राउने नारा लगाउनु र गुरिल्लाजस्ता देखिने हरियारधारी समूह सहित प्रदर्शनमा सम्लग्नु हुनुले सम्झौता कार्यान्वयन भएको देखिदैन, उनले भने—स्वतन्त्र मधेश संगठनलाई लोकतान्त्रिक संगठन भनेर मान्यता दिने ? यो सरकारको केटाकेटी पन हो ।
त्यस्तै विप्लवको विद्रोह राज्य व्यवस्थाको विरुद्व हो, संविधान भन्दा वाहिर गएर सशस्त्र विद्रोह गरेको देखिन्छ , विप्लवले हिंसा छाड्नु पर्छ, विप्लव नेतृत्वको समूहमाथि सरकारले प्रतिवन्ध लगाउनु गलत कार्य हो, प्रतिवन्ध पार्टीलाई हो की उनीहरुको गतिविधिलाई हो त्यसका वारेमा सरकारले स्पष्ट पार्नुपर्छ, नेता थापाले भने — विप्लव समुहले पनि संविधान अन्तरगत रहेर आफ्ना गतिविधि गर्न जरुरी छ, विप्लव समूहलाई सरकारले वार्ता र छलफलको माध्यमवाट राजनीतिक मूलधारमा ल्याउनु सक्नु पर्छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र पुनःस्थापनाको माग १२ बर्षदेखि नै गर्दै आएको छ । वि.स. २०६२।०६३ को परिवर्तन पछि दरवार र दलहरुको सहमति विपरित छलकपटको वाटोवाट दलहरु अगाडि वढेको छन्, थापाले भने– दलहरुले दरवारसँग गरेको सम्झौता विपरित संविधान सभा निर्वाचन अघि नै राजतन्त्र पन्छाउने काम गरे । जनमत संग्रह नै नगरी हन्दिु राष्ट्र हटाइएको छ,उनले भने– १२ बर्ष यताको राजनीतिक मार्गचित्र नै त्रुटीपूर्ण हुँदा सरकार असफलतातर्फ अगाडि वढिरहेको छ ।
नेपाली काँग्रेस र नेकपाको मिलेमतोमा अरबौ भ्रष्टाचार भएको छ, उनीहरुमाथि अनुसन्धान अगाडि वढाउन खोजदा अख्तियारका प्रमुख आयुक्तलाई नै महाअभियोग लगाएर हटाउने कार्य हुन्छ, नेता थापाले भने— अख्तियारको प्रमुख आयुक्त लोकमान सिंहकार्कीलाई पनि नेताहरुले गरेको भ्रष्टाचार वाहिर आउने भयो भनेर रातारात काँग्रेस र एमाले र माओवादी मिलेर महाअभियोग लगाएका हुन् ।
केपी नेतृत्वको सरकारले शान्ति सुरक्षा, महंगी, भ्रष्टाचार नियन्त्रण गर्न सकेको छैन, विकास निर्माण, रोजगारी, समृद्धि दिन सकेको छैन, यो सरकार पूर्ण रुपमा असफल भइसक्यो नेता थापाले भने— सरकार जनका अपेक्षा पुरा गर्न भन्दा पनि कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्ने ध्यानमा केन्द्रित भएको छ ।
Related News
सम्बन्धित समाचार
प्रदेश गौरवका योजना अलपत्र, औद्योगिक क्षेत्रलाई जग्गा पाउनै धौ
देश्ना स्मृति कप भेट्रान्सको उपाधि ब्रदरवुडलाई
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
hero news full width
मुख्य समाचार
जहाँ माछाको काजकिरिया गरिन्छ
एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७