स्थानीय कानूनअनुसार बजार अनुगमन

Avatar आदर्श समाज सम्वाददाता
फागुन २९, २०७५

पोखरा, २८ फागुन । मुलुक संघीयतामा गइसकेपछि कास्कीमा स्थानीय कानून अनुसारद्वारा पहिलो पटक बजार अनुगमन भएको छ ।

पोखरा महानगरपालिकाद्वारा जारी ‘बजार अनुगमन निर्देशिका–२०७४’ अनुसार पोखरामा मंगलबार बजार अनुगमन भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजकत्वमा संघीय कानुन अनुसार अनुगमन हुँदैआएको थियो ।

पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीको संयोजकत्वमा भएको अनुगमनमा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय, पशु विकास महाशाखा र गुणस्तर तथा नापतौल कार्यालय कास्कीका प्रतिनिधि, प्रहरी र पत्रकारको सहभागिता थियो ।

स्थानीय कानुन अनुसार अनुगमन हुनु उपभोक्ता हितमा रहेको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । उनले यसलाई नियमित रुपमा अघि बढाउनुपनेर्मा जोड दिए ।

मंगलबार भएको पहिलो अनुगमनमा पोखरा–१० स्थित बी भाञ्जा सप्लायर्समा अनुगमनपछि सो सप्लायर्समा सिलबन्दी गरिएको छ ।

सरसफाइमा ख्याल नगरी उपभोक्ता स्वास्थ्य विपरीत संचालन गरिएको, फोहोर दुर्घन्धित पाइएपछि सुधार गर्न निर्देशन दिँदै सो सप्लायर्समा सिलबन्दी गरिएको हो । सोही सप्लायर्स आडमा भूमिका मिट पसल बिनादर्ता संचालन रहेको पाइएको छ ।

दैनिक ५ सय बढी कुखुराको मासु बिक्री वितरण गर्ने सो सप्लायर्सले आवश्यक मापदण्ड पूरा गरे/नगरेकोबारे अनुगमन टोलीले पुनः अनुगमनपछि स्वीकृति दिनसक्ने अनुगमनमा संलग्न उपभोक्ता मञ्च अध्यक्ष कोइरालाले जनाए ।

तपाइको विचार व्यक्त गर्नुहोस्

हाम्रो सुझाव

संगीत पाठशालालाई मेलोडीको सहयोग

भिजन मण्टेश्वरी टिचर्स ट्रेनिङको वार्षिकोत्सव

मुक्तिनाथको उपहार योजना

मुक्तिनाथको सञ्चालन मुनाफा १ अर्ब २२ करोड

प्रमुख समाचार

पत्रकार राजबहादुर गुरुङलाई उपचार सहयोग