दमौली, २८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीनवटै तहका सरकारको सहकार्यले मात्रै ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियान सफल हुने बताएका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले मंगलबार आयोजना गरेको स्वागत एवं अन्तक्र्रिया कार्यक्रममा उनले सबैको लक्ष्य समृद्ध नेपाल निर्माण गर्नु रहेकाले त्यसतर्फ अगाडि बढ्न सबै तहका सरकारबीच हातेमालो हुनु आवश्यक रहेको बताए। “एक्लाएक्लै हिँडेर लक्ष्य प्राप्त हुन सक्दैन”, मुख्यमन्त्री गुरुङले भने, “संघ, प्रदेश र स्थानीय तहले गर्ने काममा सहकार्य र सहमति आवश्यक छ।”
गण्डकीलाई समृद्ध र अब्बल प्रदेश बनाउने कुरा सरकारको मुख्य प्राथमिकतामा रहेको र त्यो पर्यटनबाट सम्भव रहेको उनको भनाइ थियो। उनले प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षको रुपमा घोषणा गरिसकेकाले त्यसलाई सफल बनाउनु सबै स्थानीय तहको कर्तव्य भएको बताए।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पर्यटन विकासका लागि निजी क्षेत्रले पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए। निजी क्षेत्रलाई आकर्षित गर्न प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको उनको भनाइ थियो। आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनी प्रदेशको प्रवेशद्वार भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
विप्लव समूहसँग वार्ताको तयारी
ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
आवश्यक परे प्रदेशको नाम फेर्न सकिन्छ : सभामुख अधिकारी
संसद बैठकः सत्तापक्षको बेन्च झमेला
चितवनमा भूमिहीनलाई जग्गाधनी पुर्जा दिने गरी प्रक्रिया शुरु
hero news full width
मुख्य समाचार
कारागारमा कुटपिटपछि २५ कैदी रातारात सारियाे
प्रधानमन्त्री ओलीलाई सुरक्षा थ्रेट !
फागुन १७, २०७७बेवारिसेका अभिभावक विद्यालय
फागुन १७, २०७७प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७