अधिकारीद्वारा विजयपुर पुल निरीक्षण

वैकल्पिक सडक व्यवस्था गर्न आग्रह

एजेन्सी
फागुन २९, २०७५
khagaraj_Fotor

विजयपुर पुल निरीक्षण गर्दै संघीय सांसद एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी (बायाँबाट पहिलो) । तस्वीर सौजन्यः सचिन रानाभाट

पोखरा, २८ फागुन । कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित खगराज अधिकारीले विजयपुर खोलामाथि रहेको पुल मर्मतको समयमा अनावश्यक भार नदिन र वैकल्पिक सडक तुरुन्त व्यवस्था गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढालाई आग्रह गरेका छन् ।

मंगलबार गण्डकी प्रदेश सांसद दीपक कोइराला, प्रमुख जिल्ला अधिकारी बुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना लगायतको टोली सहित विजयपुर पुगेका सांसद अधिकारीले चकेर्को पुलको निरीक्षण गरेका हुन् ।

‘पुल मर्मतक्रममा जनताले सास्ती भोग्न नपरोस् र यसका लागि प्रशासनले तत्काल वैकल्पिक व्यस्था गरिनुपर्दछ’, पूर्व स्वास्थ्य मन्त्री समेत रहेका सांसद अधिकारीले भने ।

सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले नेपालमा निर्माण भएका स्टिल ब्रिजमा यस्तो समस्या आएको पहिलो पटक रहेको जानकारी दिए ।

विसं २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो ।

सांसद अधिकारीले गत फागुन २६ गतेको प्रतिनिधिसभा बैठकमा चकेर्को पुलको विषयमा सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width