लुम्बिनीको लेकसाइड शाखा डिहिकोपाटनमा

Avatar एजेन्सी
फागुन २९, २०७५

पोखरा, २८ फागुन । लुम्बिनी विकास बैंकको लेकसाइड शाखा डिहिकोपाटन चोकमा स्थानान्तरण गरिएको छ ।

सो शाखाको गण्डकी प्रदेश सांसद राजीव पहारीले मंगलबार उद्घाटन गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दानसिंह बोहरा र पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले शुभकामना व्यक्त गरे।

बैंक अध्यक्ष सुशीलराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सिइओ नरेशसिंह बोहराले गरेका थिए।

बैंकले सो शाखा लगायत विभिनन शाखाबाट निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोबाइल बैंकिङ, ई–बैंकिङ लकर लगायत आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभर ६५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ।

Comments on लुम्बिनीको लेकसाइड शाखा डिहिकोपाटनमा

हाम्रो सुझाव

विकासका लागि सुशासन

जगत्गुरुको नागरिक अभिनन्दन तयारी अन्तिम चरणमा

रामबजारमा आकस्मिक रक्तदान

पूर्व प्रधानमन्त्री कोइरालाको नवौं स्मृति दिवस

प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

थप प्रमुख समाचार

हिउँ पन्छाउन नेताहरू बीच होड

सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड