पोखरा, २८ फागुन । मुक्तककार ध्रुवकृष्ण ताम्राकारको मुक्तकसङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण भएको छ । नेपाली लेखक संघ, कास्कीद्वारा आयोजित समारोहमा साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सो मुक्तकसंग्रह लोकार्पण गरे ।
प्रमुख अतिथि श्रेष्ठ साहित्यले कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए । लेखन अग्रज साहित्यकारहरूको प्रभाव ग्रहणबाटै अगाडि बढ्ने र आफ्नो परिचय लेखनबाटै निर्माण गर्ने कुरामा उनले जोड दिए ।
कार्यक्रममा कृतिमाथि समीक्षा गर्दै समालोचक प्राडा विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताए । जति सूक्ष्म आयामको रचना लेखिन्छ उत्तिकै कठिन साधनाको आवश्यकता पर्ने बताउँदै जति सानो खाडल खनिन्छ, उति नै माटो झिक्न गाह्रो हुने उल्लेख गरे । लेख्नु र राम्रो लेख्नु फरक रहेको बताउँदै मुक्तक लेखनमा अभिधा भन्दा लक्षणा र व्यञ्जनापूर्ण अभिव्यक्ति आवश्यक औँल्याए । नेपाली लेखक संघका केन्द्रीय सदस्य सूर्य लाकोजूले साहित्यमा क्लिष्टता उपयुक्त नहुने र सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए । निरन्तरको लेखनले नै स्रष्टालाई सक्षम तुल्याउने बताउँदै उनले प्रकाशनले व्यक्तिलाई परिपक्वता प्रदान गर्ने कुरा उल्लेख गरे ।
नेपाली लेखक संघ, कास्कीका अध्यक्ष गणेश शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्तक मञ्च पोखराका अध्यक्ष सञ्जय न्यौपाने ‘प्राञ्जल’, कृतिका स्रष्टा ध्रुवकृष्ण ताम्राकारलगायतले मन्तव्य रााखेका थिए ।
Related News
सम्बन्धित समाचार
प्राडा कुसुमाकरलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मान
‘अडिएका पाइला’ लिई आए विष्णु सापकोटा
प्रतिमाको ‘प्रवासी मन’ काठमाडौंमा लोकार्पण
डा. भेषबहादुर थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण
सरुभक्तका ५० वर्षदेखिका १०१७ मुक्तक एउटै पुस्तकमा
hero news full width
मुख्य समाचार
संसदमाथि सरकार हावी भयो : देवकोटा
केपी ओली कप क्रिकेट : विभागीयलाई चुनौती दिएको मधेश च्याम्पियन
मंसिर १६, २०८०कालिका सहकारीका सञ्चालक थप ७ दिन थुनामा
मंसिर १५, २०८०केपी ओली क्रिकेटमा मधेश प्रदेश च्याम्पियन
मंसिर १५, २०८०बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
मंसिर १५, २०८०गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
मंसिर १५, २०८०