वडा कार्यालयमा बम विस्फोट

rss रासस
फागुन २९, २०७५
bom

चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको जानकारी दिए ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो । विस्फोट गराएको आशङ्कामा प्रहरीले राति नै छ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको छ ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उनले जानकारी दिए । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको हुनसक्ने बताए ।

Related News

सम्बन्धित समाचार

    • फेवातालको क्षेत्रफल ११२५५ रोपनी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १३, २०७७
      पोखरा । नेपाल सरकारको मन्त्री परिषद् बैठकको निर्णय सँगै फेवातालको क्षेत्रफल बढ्ने भएको छ । हाल साढे ४ वर्ग किलोमिटर…
    • ग्रामीण क्षेत्रमा सडक कालोपत्रे   

      rss रासस फागुन १३, २०७७
      म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजार बाहिरका ग्रामीण क्षेत्रका सडक कालोपत्रे हुन थालेका छन् । विसं २०५२ मा सडक सञ्जालमा…
    • नेपाल–भारत मैत्री संघको साधारण सभा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      पोखरा, १२ फागुन । नेपाल–भारत मैत्री संघ कास्की शाखाको पाँचौं साधारण सभा भएको छ । संस्थाका अध्यक्ष जगनबहादुर गुरुङको अध्यक्षतामा…
    • सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा

      Avatar आदर्श समाज सम्वाददाता फागुन १२, २०७७
      जाजरकाेट । जुनिचाँदे गाउँपालिकाले पाँच सय बढी सुत्केरी महिलालाई तेल, कुखरा र न्यानो कपडा वितरण गरेको छ । सुत्केरी आमासँग उपाध्यक्ष…
    • पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

      rss रासस फागुन ११, २०७७
      पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या…

    hero news full width

    sanil ads

    wordlink ads