साफ महिला फुटबल प्रतियोगितामा नेपालको विजयी शुरुवात

आदर्श समाज सम्वाददाता
फागुन २९, २०७५
football-768×457

पोखरा, २९ फागुन । साफ महिला फुटबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ ।

विराटनगरको सहिद रंगशालामा मंगलबारको उद्घाटन खेलमा नेपालले भूटानलाई शून्यका विरुद्ध ३ गोलले पराजित ग¥यो ।खेल शुरुवाती १३ औँ मिनेटमा नेपालकी मैनालीकुमारी योञ्जनले गोल गरेर टोलीका लागि खाता खोलिन् । त्यसको केही मिनेटपछि नै स्ट्राइकर सावित्रा भण्डारीले अर्को गोल गरेरे टोलीलाई दोब्बर अग्रता दिलाइन् ।

मध्यान्तरपछिको शुरुवाती मै निरु थापाले तेस्रो गोल गरेर टोलीको जित निश्चित गरिन् । बुधबारको खेल भारत र माल्दिभ्सबीच हुने छ ।

खेलकुदको संस्थागत विकासमा सरकार प्रतिबद्ध छ : ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकूदको संस्थागत रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघद्वारा विराटनगरको शहीद रंशालामा आयोजित महिला साफ फुटबल च्याम्पियनसीप प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारले स्थानीय तहबाटै खेलकूदको जग बसाल्ने गरी योजना अघि बढाउने बताए ।

अध्यक्ष दाहालले नेपालमा पहिलो पटक भइरहेको अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिताले विराटनगरको मात्र नभई देशकै गौरव बढेको उल्लेख गरे । ‘राष्ट्रिय एकता बलियो बनाउन र स्वास्थ्यको लागि पनि खेलकूदको ठूलो भूमिका छ,’ अध्यक्ष दाहालले स’झाव दिए, ‘नेपाली महिला फुटबल खेलाडीले आफूलाई शक्तिशाली बनाउन खेलमा अझै सुधार गर्दै जानुपर्ने छ ।’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीनवटै सरकारको प्राथमिकतामा खेलकूद रहेको बताए । उनले विराटनगरलाई खेलकूदको राजधानी बनाउने योजनासाथ अघि बढाए ।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले यो प्रतियोगिता विराटनगरमा हुनु नै ठूलो उपलब्धी रहेको बताए ।

आयोजक अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबल जस्ता खेलले देशको प्रतिष्ठा बढाउन र खेलाडीलाई व्यावसायिक बन्न मद्दत गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width