बुटवल २८ फागुन । स्वतन्त्र मधेस गठबन्धन रुपन्देहीले आफूहरुले आफ्नो बटमलाइन नबिर्सिएको भन्दै स्वतन्त्र मधेसको लागि निरन्तर अघि बढ्ने बताएको छ ।
गठबन्धनको रुपन्देही कार्यसमितीले मंगलबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी सरकारसँग भएको ११ बुँदे सहमतिबारे सार्वजनिक गरेको हो ।
हाम्रो जुन स्वतन्त्र मधेसको बटमलाइन छ ,त्यसलाई बिर्सिएका छैनौँ’, पत्रकार सम्मेलनमा रुपन्देहीका संयोजक भुपेन्द्र यादवले भने ।
उनले अन्तर्रा्ष्ट्रिय स्तरमा दर्ता गरिएका हाम्रा मुद्दाको विषयमा सरकारसँग कुनै सहमति नभएको भन्दै दुई नम्बर बुदाले आफूहरुलाई अन्तराष्ट्रिय स्तरमा जाने बाटोसमेत खुल्ला गरेको बताए ।
उनले सहमति अनुसार रुपन्देही जिल्लामा कुनै वाधा अवरोध नपु¥याउने भन्दै प्रक्रियागत र शान्तिपूर्ण रुपमा स्वराज आन्दोलन अगाडि बढाउने बताए ।
उनले भएका सहमतीलाई सरकार र आफूले कार्यान्वयन गरे मधेस र सम्रग देशको सम्वृद्धि हुने बताए । राजनितिक मुद्दा राजनितिक रुपमा समाधान गर्नुपर्ने भए पनि राजपाका नेता रेश्म चौधरीलाई जेल सजाए हुनु दुःखद विषय रहेको उनले बताए । उनले रेशम चौधरीको रिहाई (न्याय) को लागि गठबन्धन अघि बढ्ने बताए ।
Related News
सम्बन्धित समाचार
चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
‘राम्रा मान्छेको पहिचानका लागि रास्वपा’
एमालेको संकल्प यात्राको आठौं दिन कास्कीमा
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
संसदमाथि सरकार हावी भयो : देवकोटा
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०