पोखरा, २८ फागुन । भक्तपुरबाट हेटौंडामा बेहुली लिन पुगेको जन्तीबस दुर्घटना हुँदा बसमा यात्रा गरेका २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका छन्, घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जानकारी प्रहरीले दिएको छ । भक्तपुरबाट जन्ती लिएर हेटौंडातर्फ जादै गरेको बा.४ख २२१७ नम्बरको बस कान्ति लोकमार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुर डाँडामा दुर्घटना भएको हो । उक्त बस सडकबाट २० मिटर तल खसेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेजिल्ला ज्याम्दी घर भई भक्तपुर बस्ने ३० वर्षीय नवराज परियार र नुवाकोट घर भई बालाजु बस्ने २१ वर्षीय विकास धमला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनाको खबर पाउनेवित्तिकै प्रनाउ भट्टराई सहितको टोली घटनास्थल पुगेको थियो। घाइतेहरुको हेटौंडाको हेटौंडा अस्पताल र चुरे हिल अस्पतालमा उपचार भइरहेको छ।
Related News
सम्बन्धित समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
बाढीपहिरामा परी २२८ जनाको मृत्यु
दाउन्ने सडक डेढ फिट भासियो
२०९ को मृत्यु, २९ अझै बेपत्ता
hero news full width
मुख्य समाचार
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१विन्ध्यवासिनी बसपार्कमा यात्रु सहायता कक्ष
असाेज १६, २०८१ढोरपाटनका मेयर कारागार चलान
असाेज १५, २०८१