पोखरा, २८ फागुन । पोखरा– १६ स्थित अर्मला कोटमा होमस्टे संचालनमा आएको छ । उक्त होमस्टेको मंगलवार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्बीसुब्वा गुरुङले शुभारम्भ गरेका छन् ।
होमस्टेले गरिबी निवारण र स्वरोजगार वृद्धि गर्न सहयोग पु¥याउने उनले बताए ।आफ्नै थाक थलोमामा बसेर स्वरोजगार बन्दा प्रकृतिले दिएको बरदानलाई समृद्धि तर्फ अघि वढाउदै संस्कृतिको जगेर्ना गर्न सकिने भनाई मुख्यमन्त्री गुरुङको छ ।
प्रदेश सरकारले गण्डकी क्षेत्रका ११ जिल्लामा तीन सय होमस्टे संचालन गर्ने लक्ष्य लिएको छ, यतिवेला जानकारी मुख्यमन्त्री गुरुङले दिए ।छनौटमा परेका होमस्टेलाई १० लाखका दरले बजेट विनियोजित गरिएको उनले अबगत गराए ।
अर्मलामा खे पना प्रतिष्ठानद्वारा करिब एक करोड रुपैयाँको लागतमा निर्मित खे पना स्मृति बहुउद्वेश्यीय सामुदायिक तथा सांस्कृतिक भवनको समेत मंगलबार उद्घाटन गरेका छन् । उक्त भवनलाई होमस्टेको स्पमा समेत अघि बढाउन ५ वटा आधुनिक कोठाहरु निर्माण गरिएको छ । जहाँ १० जना आरामसंग वसोवास गर्न सक्ने छन् भने गाउँकै अन्य पाँच घरलाई होमस्टेको रुपमा विकास गरिएको छ ।
प्रदेश सांसद बिन्दु कुमार थापाले अर्मलाको सडकलाई जिर्णोद्धार गर्न सके यस क्षेत्रको विकास र समृद्धिलाई अगाडि वढाउनुको साथै यस क्षेत्रलाई कृषि पकेटको रुपमा समेत बिकास गर्न सकिने उल्लेख गरे ।
तेज गुरुङ, पूर्व प्रहरी अतिरिक्त महानिरिक्षक नरेश गुरुङ, सशस्त्र प्रहरीका पूर्व डिआइजी खोज बहादुर गुरुङ, पहार ट्रष्ट नेपालका अध्यक्ष चन्द्र बहादुर गुरुङ, अर्मला गाउँ पर्यटन प्रवद्र्धनकी अध्यक्ष बबिता गुरुङ लगाएतले सम्वोधन गरेका थिए । उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । अर्मलामा गुरुङ सहित अन्य जातजातिको बसोबास छ ।
Related News
सम्बन्धित समाचार
पर्यटक आगमनमा झिनो सुधार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जनप्रियमा ट्रेकिङ गाइड तालिम
पर्यटन व्यवसायीको गुनासो सुन्न सरकारलाई आग्रह
बालुवा डाँडाबाट उड्यो प्याराग्लाइडिङ
hero news full width
मुख्य समाचार
‘प्रधानमन्त्री पाउँ पनि भनेको छैन, आयो भने भाग्नेवाला पनि छैन’
‘सरकार र चन्द समूहको वार्ता सकारात्मक दिशातर्फ उन्मुख’
फागुन १९, २०७७स्मार्ट सिटी पोखरामा फोहोरको दुर्गन्ध
फागुन १९, २०७७पोखरा प्रज्ञा प्रतिष्ठान कुलपति, प्राज्ञ सदस्यले लिए सपथ
फागुन १९, २०७७भिर छिचाेलेर दर्मिजामा माेटरबाटाे
फागुन १९, २०७७फेवातालमा पानी भर्न थालेपछि बल्ल माटाे झिक्न सुरु
फागुन १९, २०७७