रुपन्देही, २८ फागुन । प्रदेश नं ५ सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री बनाउन सरोकारवालाले सुझाव दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, संसद् सहयोग परियोजनाको सहकार्यमा संसदीय मामिला पत्रकार समाजले आज बुटवलमा आयोजना गरेको “छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक” माथिको अन्तरक्रिया कार्यक्रममा उनीहरुले मिडिया बलियो भएमात्र सरकार बलियो हुने भएकाले मिडियाप्रति उदार बन्न सुझाव दिए ।
सो अवसरमा प्रदेश मामिला तथा कानून समितिका सभापति दामा शर्माले समितिले मिडियाकर्मीको सुझावअनुसार नै विधेयक पास हुने बताइन्। “जटिलताको बीचबाट प्रदेशसभा र सरकार अगाडि बढेको छ”, उनले भनिन्— “हाम्रो नियत खराब छैन, छलफलमा आएका सुझावलाई समेटेर विधेयक आउँछ ।”
कानून मस्यौदा तथा सुझाव आयोगका सदस्य विष्णु पोखरेलले कानून बनाउने कुरा जटिल भएकाले यसमा सबैको सहयोग जरुरी हुने बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव हरिसिंह धामीले विधेयकमाथि भएका त्रुटि छलफलमार्फत सच्याउन सकिने बताए ।
मस्यौदा बनाउने विषय जटिल छ, उनले भने– “कानून स्वीकार्न गाह्रो हुन्छ तर सबैले स्वीकार गर्न सक्ने बनाउन जरुरी हुन्छ ।” पत्रकार महासङ्घका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले विधेयकको प्रस्तावना नै गलत भएकाले सच्याउन आग्रह गरे “मिडियासँग कुनै छलफल नगरी विधेयक ल्याउने तयारी गर्नु गलत हो” “प्रेस स्वतन्त्र हुनेगरी विधेयक नआए स्वीकार्दैनौँ ।” प्रस्तावित छापाखाना र प्रकाशनसम्बन्धी विधेयकबारे अवधारणा पत्र प्रस्तुत गर्दै पत्रकार डिआर घिमिरेले प्रदेशमा बन्ने ऐन कानून मिडियाका लागि लचिलो हुनुपर्ने बताए ।
पत्रकार महासङ्घका पूर्वअध्यक्ष विनोद पहाडीले प्रदेश सरकारले ल्याउन लागेको छापाखाना तथा प्रकाशनसम्बन्धी विधेयक मिडियामैत्री नभएको टिप्पणी गरे । प्रेसको घाटी निमोठ्ने काम मान्य हुँदैन ।
पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले विधेयकमार्फत मिडियालाई सङ्कुचन गर्ने काम नगर्न प्रदेश सरकारलाई सुझाव दिए । प्रसारण विधेयकमाथि पत्रकार महासङ्घले दिएको सुझाव कार्यान्वयन गर्न उनले आग्रह गरे ।
कार्यक्रममा पत्रकार महासङ्घ रुपन्देहीका सल्लाहकार माधव नेपाल, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष विष्णु घिमिरे, पत्रकार नवराज कुँवर, दामोदर खनाल, दीपेन्द्र बडुवाल, रेखा भुसाल, भवानीप्रसाद पाण्डे, अमृता अनमोल, सिपी खनाललगायतले मिडियालाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण दिनुपर्नेमा जोड दिए ।
Related News
सम्बन्धित समाचार
स्याङ्जा जिल्लावासी पत्रकारहरु काठमाडौमा भेला हुने
बुढ्यौलीमा फर्कियो आँखाकाे ज्योति
उपकुलपति प्राडा बुद्धिबहादुर थापालाई तनहुँ रत्न पुरस्कार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
hero news full width
मुख्य समाचार
पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७विप्लव नेकपा मुस्ताङ इन्चार्ज पक्राउ
फागुन १४, २०७७मापसे चेकिङ गर्न ट्राफिकलाई कोरोनाको त्रास
फागुन १४, २०७७