बारीबाटै गोलभेँडा बिक्री

रासस
फागुन २८, २०७५
tomatoplanthorizontal

तनहुँ, २८ फागुन । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ जसपुरका रिमबहादुर गुरुङले बारीबाटै गोलभेँडा बिक्री गर्न थालेका छन् । विदेशबाट फर्किएपछि गाउँमा कुन पेशा गर्ने भन्ने अन्योलमा रहेका उनी अहिले बारीबाटै गोलभेँडा बिक्री हुन थालेपछि उत्साहित भएका छन् ।

विदेशबाट फर्किएपछि धेरै लगानी पनि नचाहिने र धेरै जोखिम पनि नहुने गोलभेँडा खेती गर्ने सोचका साथ केही बोट मात्र गोलभेँडा खेती गरेका उनले अहिले बारीबाटै गोलभेँडा खोसाखोस हुन थालेपछि खेती विस्तारको अभियानमा लागेका छन् ।
बारीबाटै प्रतिकिलो ५० रुपैयाँका दरले २०० किलोभन्दा बढी गोलभेँडा बिक्री भएको बताउछन् । बारीमा गोलभेँडा पाक्न नपाउँदै हरेक दिन गाउँले किन्न आइहाल्छन् । गाउँलेलाई गोलभेँडा पु¥याउन पनि हम्मेहम्मे परिरहेको छ, गुरुङले भने ।

यस वर्ष सिर्जनशील जातको गोलभेँडा २०० बोट मात्र लगाएका गुरुङले पहिलोपटकको खेती भएकाले परीक्षणको लागि थोरै मात्र गोलभँेडा लगाएको बताए । गाउँमै गोलभँेडा खोसाखोस हुन थालेपछि उत्साहित गुरुङले अर्काे याममा गोलभँेडा खेतीलाई थप विस्तार गर्ने योजना बनाए । चारपटक वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देश पुगेका गरुङले बाख्रापालन समेत शुरु गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width