काठमाडौँ, २८ फागुन । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षीय माझीको सोमबार राति मृत अवस्थामा निकाल्न सकिएको हो ।
आइतबार इनारको रिङ हाल्ने क्रममा माटोको ढिस्को खसेर पुरिएका माझीको सोमबार रातिमात्र मृत अवस्थामा उद्दार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त लामाले जानकारी दिए । माझीको शव ३० फिट तलबाट निकालिएको लामाले बताए ।
माटो निकै कमजोर भएको कारण उक्त घटना घटेपनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शव निकालेको हो । शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरीले जनाएको छ । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७गठन भयो पोखरा प्रज्ञा प्रतिष्ठान, कुलपतिमा पदमराज ढकाल
फागुन १२, २०७७काेराेनाले नेपालमा २ हजार ६ सय ८४ काे ज्यान लियाे
फागुन १२, २०७७‘प्रधानमन्त्रीले संकटकाल लगाउन सक्दैनन्, वैधता नै छैन ’
फागुन १२, २०७७