पोखरा, २७ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् ।
प्रतियोगितामा गोरखाका अमृत थापा प्रथम, नवलपुरका ऋषिराम घिमिरे द्वित्तीय र नवलपुरकै रक्ष लामा चौथो हुँदै राष्ट्रिय खेलकुदका लागि छनोटमा परे । पहिलो सेमिफाइनलमा गोरखाका अमृतले कास्कीका घिमिरेलाई ३–१ ले पराजित गरेका थिए ।
अर्को सेमिफाइनलमा नवलपुरका ऋषिरामले नवलपुरकै रक्षलाई पनि ३–१ को सेटमै पराजित गरेका थिए । तेस्रो स्थानको लागि भएको खेलमा कास्कीका सन्तोषले नवलपुरका रक्षलाई पराजित गरेका हुन् ।
प्रतियोगिता संयोजक पुष्पराज श्रेष्ठका अनुसार प्रतियोगितामा कास्कीका ५, गोरखा १, तनहुँका १ र नवलपुरका २ गरी प्रदेशभरबाट ९ खेलाडीले सहभागिता जनाएका थिए ।
छनोटमा खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०