स्क्वासमा कास्कीका सन्तोष छनोट

Avatar एजेन्सी
फागुन २८, २०७५
Jagman-gurung_Fotor

पोखरा, २७ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् ।

प्रतियोगितामा गोरखाका अमृत थापा प्रथम, नवलपुरका ऋषिराम घिमिरे द्वित्तीय र नवलपुरकै रक्ष लामा चौथो हुँदै राष्ट्रिय खेलकुदका लागि छनोटमा परे । पहिलो सेमिफाइनलमा गोरखाका अमृतले कास्कीका घिमिरेलाई ३–१ ले पराजित गरेका थिए ।

अर्को सेमिफाइनलमा नवलपुरका ऋषिरामले नवलपुरकै रक्षलाई पनि ३–१ को सेटमै पराजित गरेका थिए । तेस्रो स्थानको लागि भएको खेलमा कास्कीका सन्तोषले नवलपुरका रक्षलाई पराजित गरेका हुन् ।

प्रतियोगिता संयोजक पुष्पराज श्रेष्ठका अनुसार प्रतियोगितामा कास्कीका ५, गोरखा १, तनहुँका १ र नवलपुरका २ गरी प्रदेशभरबाट ९ खेलाडीले सहभागिता जनाएका थिए ।

छनोटमा खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

    • बिटी कपमा को को विजयी ?

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      पोखरा । पोखरामा जारी सेभेन ए साइड नकआउट अन्तरक्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका खेल भएका छन् । प्रतियोगितामा चाउथे एफसी, सत्य…
    • पोखरा सुपर जनरल सेमीमा

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      पोखरा । बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई ४ विकेटले पराजित गर्दै पोखरा सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको…
    • १५ औं पोखरा म्याराथन: ह्वीलचियर र दृष्टिविहीन दौड

      Avatar आदर्श समाज सम्वाददाता फागुन २०, २०७७
      पोखरा । १५ औं पोखरा म्याराथन अन्तर्गत शनिबार फरक क्षमता भएकाबीच दौड हुँदैछ । महिला पुरुष दुवै विधामा ह्वीलचियर र…
    • भेट्रान फुटबलमा २८ टिम

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । चौथो स्वर्गीय रञ्जित गुरुङ स्मृति तथा १० औं बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फागुन २४ बाट…
    • बिटी कपमा प्रिक्वाटरका खेल जारी

      Avatar आदर्श समाज सम्वाददाता फागुन १९, २०७७
      पोखरा । ‘चौथोे विरेन स्मृति १४ औं बिटी कप सेभेन ए साइड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा बुधबार प्रिक्वाटरफाइनलका ७…

    hero news full width

    sanil ads

    wordlink ads