खैरेनीटार, २७ फागुन। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ र शुक्लागण्डकी नगरपालिकाको आयोजनामा चैत २२ देखि बैशाख ३ गतेसम्म हुने ११ औं खैरेनीटार महोत्सवका लागि संयोजक चयन गरिएको छ।
महोत्सव संरक्षक तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ रहेका छन् भने मूल संयोजक तथा निर्णायक समिति संयोजक पूर्णबहादुर कायस्थ चयन भए ।
यस्तै, निदेर्शकमा समुन्द्रराम श्रेष्ठ, सहनिदेर्शकमा रामलाल मल्ल र रामलाल हिराचन, आर्थिक निदेर्शकमा अर्जुनकुमार श्रेष्ठ, प्रवक्ता एवं प्रचारप्रसार व्यवस्थापनमा हरिबहादुर थापा, सल्लाहकार संयोजकमा हरिकुमार श्रेष्ठ, कन्सर्ट व्यवस्थापनमा सुजित हिराचन, सचिवालय व्यवस्थापनमा गंगाराम श्रेष्ठ, कलाकार व्यवस्थापनमा सुजन श्रेष्ठ, सुरक्षा व्यवस्थापनमा अमृत घिमिरे, खेलकुद व्यवस्थापनमा प्रेमबहादुर श्रेष्ठ, टिकट व्यवस्थापनमा केशबहादुर गुरुङ, प्रायोजक व्यवस्थापनमा राजबहादुर थापा चयन भएका छन्।
यस्तै उप–समिति संयोजक तथा अतिथि सत्कारमा सुवास श्रेष्ठ, सञ्चार सम्प्रेषणमा कमलमोहन घिमिरे, होटल तथा खाना, खाजा व्यवस्थापनमा पिताम्बर तिम्सिना, सांस्कृतिक कार्यक्रममा जोशिला थापा, सःशुल्क पास व्यवस्थापनमा उपेन्द्र तिम्सिना, नृत्य प्रतियोगिता व्यवस्थापनमा सोमप्रसाद श्रेष्ठ, विज्ञान तथा प्रविधि प्रदर्शनीमा केशवराज घिमिरे, मञ्च सजावट व्यवस्थापनमा तुलसीकुमारी श्रेष्ठ, स्टल व्यवस्थापनमा बर्मकुमार श्रेष्ठ, रमाइलो मेलामा गोपी कृष्ण तिवारी, खानेपानीमा श्रीराम सुवेदी, झाँकी व्यवस्थापनमा बसन्ता श्रेष्ठ, संघ संस्था समन्वयमा रवीन्द्रराज पौडेल, बजार सजावटमा गिरबहादुर थापा, नगर समन्वयमा कमल गैह्रे, विद्युत् व्यवस्थापनमा जितेन्द्र श्रेष्ठ, साउण्डमा सुरेन्द्र श्रेष्ठ, पार्किङमा शेरकुमार श्रेष्ठ, व्यानरमा बाबुलाल श्रेष्ठ लगायत छन् ।
यस्तै, सरकारी कार्यालय समन्वयमा अर्जुन सापकोटा, अन्तरक्लब समन्वयमा सुरज श्रेष्ठ, नृत्य प्रतियोगितामा सोमप्रसाद श्रेष्ठ, गेट निर्माणमा राजन सुवेदी, प्रमाणपत्र, प्रशंसापत्र व्यवस्थापनमा चिरञ्जीवी सापकोटा, यातायातमा बिक्रम तिम्सिना, रत्यौलीमा मंगला राना, बैंक तथा बित्तिय संघसंस्था व्यवस्थापनमा ईश्वर शर्मा, प्रदेश गायन तारा प्रतियोगितामा मनिष श्रेष्ठ, कृषि प्रदर्शनी व्यवस्थापनमा सूर्यदेवी सिग्देल, घरेलु प्रदर्शनी व्यवस्थापनमा सुशीला कुमाल, कौरा प्रतियोगितामा सुमन आले, सरसफाइ व्यवस्थापनमा गिरीराज सुवेदी, टिकट चेकिङ व्यवस्थापनमा प्रमोद लामिछाने, आदिवासी जनजाति समन्वयमा बिमल जिसी, टिकट बिक्री व्यवस्थापनमा सूर्यकला ढकाल, टिकट घर व्यवस्थापनमा कुलकुमार कुमाल, भूतपूर्व सैनिक समन्वयमा बुद्धिबहादुर शाही, पर्यटन व्यवस्थापनमा श्रीराम अधिकारी, इकाइ समन्वयमा राजकुमार वाग्ले जातीय समाज समन्वयमा ऋषि बस्नेत, मायाको चिनो व्यवस्थापनमा चिरञ्जीवी रेग्मी, प्राथमिक उपचार स्वास्थ्य व्यवस्थापनमा सुन्दर बस्याल, सिसी क्यामेरा व्यवस्थापनमा सुवास श्रेष्ठ, इकाइ सदस्य सःशुल्क पास व्यवस्थापनमा इन्द्रमान श्रेष्ठ, खुल्ला चौर व्यवस्थापनमा धनबहादुर विक, वाद्यवाधन व्यवस्थापनमा मनबहादुर हमाल, कानूनी सल्लाहकारमा शिवदत्त ढकाल र भानुभक्त सुवेदी, अन्य सल्लाहकारमा रवीन्द्र शर्मा, शिवराज तिम्सिना, मुक्तिनाथ तिम्सिना, श्यामबहादुर केशी, रामचन्द्र उपाध्याय, वीरेन्द्रकुमार श्रेष्ठ, केदार तिम्सिना, शेरबहादुर श्रेष्ठ, श्रीराम सुवेदी, खिमबहादुर कुमाल, कृष्णबहादुर पौडेल, रामबहादुर क्षेत्री थापा, दीर्घबहादुर थापा चयन भएका छन्। चयन भएका संयोजकले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता समेत जनाएका थिए।
कार्यक्रममा शुक्लागण्डकी नागरिक समाजका अध्यक्ष खेमराज खनाल, महोत्सवका सल्लाहकार संयोजक हरिकुमार श्रेष्ठ, पत्रकारहरु कमल मोहन घिमिरे, राजकुमार आले, समाजसेवी पुरुषोत्तम लामिछाने, सुजनकुमार श्रेष्ठ, पिताम्बर तिम्सिना, सूर्यदेवी सिग्देल, वीरेन्द्रकुमार श्रेष्ठ, हरि तिम्सिना, चिरञ्जीवी रेग्मी लगायत बोलेका थिए।
महोत्सव मूल समिति संयोजक पूर्णबहादुर कायस्थले महोत्सव अवधिमा चार करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने, दुई लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अपेक्षा रहेको बताए। उनले महोत्सवमा २ सय १५ वटा स्टल रहने बताए ।
तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाइ सभापति पूर्णबहादुर कायस्थको अध्यक्षता रहेको कार्यक्रममा स्वागत महोत्सवका निदेर्शक समुन्द्रराम श्रेष्ठ र सञ्चालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण
सबीको अपरिभाषित आभा लोकार्पित
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१