पोखरा, २७ फागुन । ओम डेभलपमेन्ट बैंक लि.र राष्ट्रिय बीमा कम्पनी बीच बीमा सेवा आदान प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका हुन ।
सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएको नयाँ बचत खाता सुरक्षित जीवन वचत खाता खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनी मार्फत हुनेछ ।
त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोके बमाजिमको रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यस अन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ ।
साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१