स्पर्स लघुवित्त र साहारा हस्पिटल वीच सम्झौता

Avatar एजेन्सी
फागुन २८, २०७५

पोखरा, २७ फागुन । स्पर्स लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरावीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध ग्राहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ ।

यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परीवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

Comments on स्पर्स लघुवित्त र साहारा हस्पिटल वीच सम्झौता

हाम्रो सुझाव

पोखरा फाइनान्सको वार्षिकोत्सवमा ५१ युनिट रगत संकलन

उर्जा बचतको लागि अनुदानको व्यवस्था

सात लाख सहयोग

प्रमुख समाचार

मातृभूमी क्रिकेट प्रतियोगिता हुँदै, पारस खड्का विरुद्ध ज्ञानेन्द्र मल्ल र मदनकृष्ण भर्सेज हरिवंश भिड्दै