रवीन्द्र गाउँवासी भन्छन् –शून्य भयो गाउँ

रासस
फागुन २८, २०७५
1552317962671_JBS-Chipledhunga-Sraddanjali Sava a

g]kfn sDo’lgi6 kf6L{ -g]skf_ kf]v/f dxfgu/kflnsf–## ;+oGqåf/f tTsfnLg dGqL tyf g]skfsf g]tf /jLG›k|;fb clwsf/Lsf]] hGd 3/ e/tkf]v/L u}¥xfufFp hd’gfaf]6df cfof]lht cfof]lht !# cf}F lbgsf] >4f~hnL ;efsf ;xefuL . t:jL/ M hd’gf jiff{ zdf{, lrKn]9’ªuf, /f;;

पोखरा, २८ फागुन । बाटो हिँड्दा घाँटी तन्काएर दिदी भन्दै बोलाउँथे, हँसिलो अनुहार, मीठो बोली वचन । अब कहाँ पाउनू, गाउँनै शून्य भएको छ ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकोे जन्म घर भरतपोखरी गैरेगाउँ जमुनाबोटकी ९० वर्षीया डल्लुमाया बरालले आँखाभरि आँशु बनाउँदै अधिकारीलाई सम्झिइन ।

नेपाल कम्युनिष्ट पार्टी पोखरा महानगरपालिका – ३३ संयन्त्रद्वारा अधिकारीको जन्मघरमा आयोजित १३ औँ दिनको श्रद्धाञ्जलिसभामा सहभागी अधिकांशका आँखा बरालका जस्तै रसाइरहेका थिए । कोही टोलाइरहेका थिए । कोही अधिकारीको तस्वीर हेरिरहेका थिए त कोही अधिकारी पत्नी र छोराहरु हेरेर भावुक बनेका थिए ।

श्रद्धाञ्जलिसभामा अधिकारीले सधैँ गुनगुनाउने गीतको पंक्ति सम्झँदै नेकपा कास्कीका नेता दामोदर वैरागीले समृद्ध नेपालको सपना बोकेर साझा नेताको छवि बनाएका अधिकारीजस्तो नेताको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताए ।

पोखरा–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले अधिकारी गाउँठाउँका सबैले गर्व गर्ने नेता रहेको बताए । अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले गाउँको माटो र यहाँका जनताले रवीन्द्रलाई एउटा सफल नेता बनाउन धेरै भूमिका खेलेको र पञ्चायतकालका धेरै कठिन अवस्थामा पनि गाउँलेको साथ र इमान्दारीले राजनीतिक आन्दोलन अगाडि बढेको स्मरण गर्दै माटाको सम्मानमा पनि श्रद्धाञ्जलिसभा उनकै जन्मघरमा गरिएको बताए ।

श्रद्धाञ्जलिसभामा नेकपा वडा पार्टी संयन्त्रका संयोजक गुरुप्रसाद क्रान्तिकारी, गोपाल पुन,लगायतले गाउँको शिक्षा, स्वास्थ्य र विकासमा कटिबद्ध भएर जनआकाङ्क्क्ष बुझ्ने नेता गुमाउँदा गाउँ नै टुहुरो हुन पुगेको अनुभूति भएको भएको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width