मुक्तिनाथको वित्तीय साक्षरता

Avatar एजेन्सी
फागुन २८, २०७५
muktinaht_Fotor

पोखरा, २७ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले वीरगञ्ज क्याम्पस, वीरगञ्जमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

“आजको आवश्यकता, विद्यार्थीमा वित्तीय साक्षरता” भन्ने मूल नाराका साथ वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबारबारे चेतना जगाउने, विद्यार्थीको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारीवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोगबारे चेतनाको अभिवृद्धि गराउने मुख्य उद्देश्यका साथ कार्यक्रम गरेको जनाएको छ । साथै सफा नोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय साक्षरता दिइयो ।

प्रमुख अतिथि क्याम्पस प्राचार्य विनोदकुमार गुप्ताले बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिवृद्धि गर्ने प्रयास गरेको छ, सो प्रशंसायोग्य रहेको बताए । कार्यक्रममा १ सय जना विद्यार्थीको सहभागीता रहेको थियो।

हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५ हजार जना स्थानीय तथा विद्यार्थी सहभागी भैसकेको दाबी गरेको छ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads