पोखरा, २७ फागुन । सहकारी क्षेत्रको नेतृत्वमा ३३ प्रतिशतको सुनिश्चिता आवश्यक भएको सहकारीकर्मी महिलाले माग गरेका छन् ।
३३ प्रतिशत सुनिश्चित गर्न सबै संघसंस्थाहरूको विनियम संशोधन गर्न दबाब दिने भएका छन् । सहकारी पदाधिकारीमा कम्तिमा १ जना रहने गरी नेतृत्व तहमा ३३ प्रतिशत महिलालाई पु¥याउन १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर माग गरेका हुन् ।
राष्ट्रिय सहकारी महासंघ लि. नेपालद्वारा सोमबार आयोजित सहकारीमा महिला सशक्तिकरण र समावेशीता विषय गोष्ठीलाई सम्वोधन गर्दै राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष केशव बडालले सहकारी बाक्लो भएका जिल्लामा महिलाको नेतृत्व विकास भएको औल्याए । उनले महिलाको सशक्तिकरणका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको र अब उत्पादनमा सहकारी लाग्नु पर्ने बताए ।
संचार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालले महिला सशक्तिकरणमा योगदान दिएको महिला विकास कार्यक्रम स्थानीय तहमा गएसँगै यसबाट प्रवर्धित महिला सहकारी संस्थाहरुमा समस्या सिर्जना भएको गुनासो आएको बताइन् ।
नेपालमा २०३८ मा ८ जना कर्मचारीसहित महिला विकास शाखा खडा भई यो कार्यक्रम शुरु भएको थियो । महिला विकास कार्यक्रमका २ हजार सहित नेपालमा ४ हजार ७२ वटा सहकारी महिलाहरुबाट महिलाका लागि मात्र संचालन भएका छन् ।
नेपालको सहकारी क्षेत्रमा महिला सदस्यको सख्या ५१ प्रतिशत रहेको भए पनि नेतृत्व तहमा महिलाको सहभागीता प्रयाप्त नभएको गुनासो सहभागी महिला सहकारी कर्मीको छ ।
सहकारीमा महिला सशक्तीकरण र समावेशीतामा सबै संघहरूमा छुट्टै महिला उपसमिति गठन गरी महिला सशक्तीकरणका लागि अनिवार्य रुपमा बजेट छुट्याउनका लागि लविङ गर्ने गण्डकी प्रदेश सांसद तथा राष्ट्रिय सहकारी महासंघ लि. नेपालकी संचालक प्रभा कोइरालाले बताइन् ।
प्रारम्भिक तहका संस्थाहरुमा संचालकमा महिलाको उपस्थिति ३९ प्रतिशत भए पनि जिल्ला तथा केन्द्रीय स्तरका संघहरुमा महिलाको उपस्थिति कमजोर देखिएको औल्यायएको छ ।
Related News
सम्बन्धित समाचार
नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी पोखरा च्याप्टरमा बद्रीनाथ पौडेल
औद्योगिक व्यापार मेलामा छुटैछुट
महोत्सव सफल पार्न कस्सिए आमा समूह
पोखराको नयाँबजारमा व्यापार मेला सुरु
पोखरा महोत्सवका मूल तथा उपसमिति गठन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०