तरुण दलका कार्यकर्ताको हत्या

एजेन्सी
फागुन २७, २०७५
42310974_999391066925732_2648389268367474688_n


रुपन्देही, २७ फागुन । रुपन्देहीमा आइतबार राति अज्ञात समूहले नेपाली काँग्रेस निकट नेपाल तरुण दलका एक कार्यकर्ताको हत्या गरेको छ ।

देवदह नगरपालिका–५ का २० वर्षीय अनिश पुरीको आइतबार राति भुलहीमा हत्या भएको हो । मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ जाँदै गरेका पुरीलाई अज्ञात समूहले हत्या गरेको इलाका प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले जनाए ।

अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते पुरीलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुही लगिए भएपनि लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मल्लले बताए । आक्रमण गर्ने समूह फरार रहेको बताए पनि आशंका लागेका केहीलाई नियन्त्रणमा लिई अनुसन्धान थाििलएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width