पोखरा, २६ फागुन। बहुप्रतिक्षित पोखरा फुटबल स्टेडियमको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले आइतबार एक समारोहबीच शिलान्यास गरेका छन्। सो अबसरमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि २०७६ असार मसान्तसम्म काम सम्पन्न गर्नेगरी दुई जोइन्ट भेन्चर कम्पनीलाई निर्माणका लागि जिम्मेबारी दिइएको बताए।
मन्त्री विश्वकर्माले पोखरा रंगशालामा महत्वपूर्ण पूर्वाधार बिकासको शुरुवात भएको बताए। काम सम्पन्न गर्न ठूलो इच्छाशक्ति समेत भएको मन्त्री विश्वकर्माले औंल्याए। उनले समयमा काम सम्पन्न गर्न पोखरेली खेलप्रेमीहरुले निर्माण कम्पनीलाई वातावरण बनाइदिन आग्रह गरे। उनले भने, ‘निर्माण कम्पनीले समेत तिव्र गतिमा लक्षित समयमा काम सम्पन्न गरी उदाहरण पेश गर्न आग्रह गरे। ’
मन्त्री विश्वकर्माले पोखराले खेलकुद क्षेत्रबाट मुलकको समृद्धि हासिल गर्ने क्षमता राख्ने बताए। मन्त्री विश्वकर्माले यस क्षेत्रको प्रकृतिमा समेत त्यो देन रहेको उल्लेख गरे। उनले भने, ‘भोली कहिँ कतैबाट कसैले पनि रातो मुख लगाउने स्थिति नआओस। ’
सो अबसरमा बोल्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले पोखरा खेलकुदको राजधानी हो भन्ने कुरा निर्विवाद रहेको बताए। उनले यहाँ निर्माण हुने अन्तराष्ट्रिय विमानस्थललगायतले पनि अब पोखरालाई अन्तराष्ट्रिय स्पोर्ट्स सिटी हवको रुपमा बिकास गरिनुपर्ने कुरामा जोड दिए। कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशबकुमार विष्टले अब पोखरा रंगशालालाई खेलाडीको भाग्य र भविष्यको सुनिश्चित गर्ने खालको रंगशाला बनाउनुपर्ने कुरामा जोड दिए। कसरी पोखरा रंगशाला प्यारापिटको काम छिटो सम्पन्न गर्न सकिन्छ त्यसतर्फ सबैको ध्यान पुग्नु पर्ने बिष्टको जोड थियो।
उनले पोखरा रंगशालालाई नेपालकै स्पोर्ट्स कम्पेलेक्सको रुपमा बिकास गर्नेगरी कामको सुरुवात गरिनुपर्ने बताए। यसका लागि नयाँ माष्टर प्लान तयारीसमेत भइरहेको सदस्य सचिब विष्टले जानकारी दिए।
पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा निर्माण कम्पनीका अनुप आचार्यले पोखरा रंगशालाको फुटबल प्यारापिटमा नेपालमा नै पहिलो पटक फ्रान्समा निर्मित उच्च प्रविधियूक्त सामाग्रीको प्रयोग हुने बताए। उनले भने, ‘लक्षित समयमा गुणस्तरिय र नमुनायूक्त रंगशाला निर्माण सम्पन्न हुनेछ। ’
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले निर्माण गर्न थालेको पोखराको फुटबल स्टेडियम २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। कूल १ अर्ब २८ करोड लागतमा निर्माण हुने रंगशालाको दर्शक क्षमता १८ हजार ५ सयको हुने छ। जहाँ एथलेटिक्सका लागि ८ लेन सिन्थेटिकको हुनेछ। भारतको ग्रेट स्पोर्ट्स इन्फ्रा प्रा. लि. र काठमाण्डौको एमए कन्सट्रक्सन प्रा. लि.ले जोइन्ट भेन्चरमा रंगशाला निर्माण गर्न लागेको हो। आगामी मंसिरमा नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुदमा महिला फुटबल पोखरा रंगशालामा गर्ने गरी तयारी गरिँदैछ।
Related News
सम्बन्धित समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
हिसान कास्की स्पोर्टस् मिट : व्याडमिन्टनका स्पर्धा सम्पन्न
पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो
युनिप्स खेल महोत्सव आज समापन
हिसान स्पोर्टस् मिट जारी
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
मंसिर १८, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०