फागुन २६, पोखरा। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तातोपानीमा नुहाउँदैमा एकता नहुने बताएका छन्। नेपाल प्रेस युनियन कास्कीका नव निर्वाचित कार्यसमितिलाई बधाई दिन काँग्रेस कास्कीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भावनात्मक रुपमा एकता नभएको बताएका हुन्।
‘एकता त्यत्तिकै हुँदैन। हामी एक भयौं भन्दैमा एकता हुने होइन। तातोपानीमा पौडी खेलेर एकता हुन्छ ?, उनले भने, ‘तातोपानीमा सँगसँगै डुब्यो भन्दैमा एकता भयो भनेर प्रचार गर्नुपदैर्न। एजेण्डामा एकता हुनुपर्यो। ईस्युमा एकता हुनुपर्यो। बिषयबस्तुमा एकता हुनुपर्यो नि। ’
पौडेल र काँग्रेस सभापति शेरबहादुर देउवाले शनिवार म्याग्दीमा रहेको तातोपानी कुण्डमासँगै नुहाएका थिए। त्यसको भोलिपल्टै उनले पौडी खेल्ने कुरालाई एकतासँग नजोड्न कार्यकर्तालाई आग्रह गरेका हुन्।
राजनीतिमा स्थायी शत्रु र मित्रु नहुने भन्दै उनले स्थायी स्वार्थ रहिरहेसम्म एकता कायम हुन नसक्ने बताए। ‘स्वार्थ बाझिने बेलासम्म एकता हुँदैन। पार्टीभित्रको अनुशासन समिति र निर्वाचन समिति स्वातन्त्र छैनन्,’ पौडेल भन्छन्, ‘नाम सुन्ने वित्तिकै यि दुवै न्यायिक समिति हो। न्यायलय निष्पक्ष हुनुपर्छ। पक्षपाती भए जनताले न्याय पाउँदैनन्। ’
पार्टीको सुधारका लागि आँफुले तिथी मितिसहित महाधिवेशनको कार्यतालिका दिएको भन्दै उनले कार्यतालिका अनुसार महाधिवेशनको तयारी गर्न आग्रह गरे। पौडेलले सिके राउतसँग सरकारले गरेको सम्झौता पारदर्शी हुनुपर्ने बताएका छन्। देशमा हत्या, हिंसा र बलात्कारका घटना दिनहूँ बढिरहेको भन्दै उनले सरकार सबै हिसावले फेल भैसकेको टिप्पणी गरे। ‘दिनहुँ बलात्कारका घटना छन्। दिउँसै बन्दुक पड्किन थालिसक्यो। निदोर्ष नागरिक मारिन थाले,’ उनी भन्छन्, ‘न्यायलय र अख्तियारमा सरकार हावी छ। सही न्याय जनताले पाएनन्। ’
प्रजातन्त्र र राष्ट्रियता मास्ने काम भ्रष्टाचारले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बोलीमा सुशासनका कुरा गर्ने तर व्यवहारमा भ्रष्टाचारीलाई संरक्षण गर्ने गरेको उनको आरोप छ। विप्लव माओवादीको बम आतंकको जिम्मा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिनुपर्ने उनको भनाई छ।
‘शान्ति सम्झौतामा क्यान्टोन्मेन्टका हतियार राज्यको मातहतमा रहेपनि व्यक्तिसँग रहेका हतियार राज्यलाई बुझाउन नसक्नुको परिणाम अहिले भोगेका छौं,’ उनले भने, ‘जनतालाई बम आतंकको घेरामा राख्नु हुँदैन। ’
काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिके राउतलाई राजनीतिको मूलधारमा ल्याउनु राम्रो भए पनि उनीसँग भएका सहमतिका बुँदा आपत्तिजनक भएको बताए। उनले मधेशमा जनमत संग्रह गराउने जस्ता विषयमा प्रधानमन्त्री लाग्नु देशकै लाचारीपन भएको टिप्पणी गरे। सरकार संघीयता असफल पार्न लागि परेको आरोप समेत उनको छ। अर्का केन्द्रीय सदस्य गुरु घिमिरेले प्रधानमन्त्रीले राउतसँग सम्झौता गरेर देश विभाजनको बीउ रोपेको आरोप लगाए।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका पूर्व आमन्त्रित सदस्य शुक्रराज शर्मा, काँग्रेस नेतृ सरस्वती गुरुङ, पार्टीका जिल्ला उपसभापति आइबहादुर गुरुङ, सचिव देवेन्द्र रानाभाट, प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, युनियनका निवर्तमान अध्यक्ष शिरोमणि बराल बोलेका थिए। गत फागुन ११ गते भएको युनियनको नवौं अधिवेशनबाट सिग्देलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो।
Related News
सम्बन्धित समाचार
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०