पोखरा, २६ फागुन। धर्म परिवर्तनको महामारी रोक्न तथा सनातन धर्म र संस्कृतिको संरक्षण गरी राष्ट्रियतालाई बलियो बनाउनु पर्ने आइतबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन्।
हिन्दु राष्ट्र पुनःस्थापना सहित ६ सूत्रीय माग राख्दै राष्ट्रिय प्रजातन्त्र पाटीले मेची–महाकाली राष्ट्रिय यात्रामा जुटेको छ, उक्त राष्ट्रिय यात्राको बारेमा जानकारी दिन राप्रपा कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा वक्ताहरुले यस्तो जोड दिएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिले यही फागुन १५– ३० गतेसम्म संचालन गरेको यात्राको टोलीमा सहभागी बुधवार पोखरा आइपुग्ने भएको छ।
उक्त टोलीको नेतृत्व गरेका पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले बुधबार सार्वजनिक समारोहमा हिन्दु राष्ट्र पुनःस्थापना र जनसंघर्षका कार्यक्रमलाई सम्वोधन गर्ने जानकारी राप्रपा कास्कीका अध्यक्ष डा. महेन्द्रबहादुर कार्कीले दिए। राप्रपाले हिन्दु राष्ट्र पुनः स्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचार नियन्त्रण, प्रयास्त रोजगारीको सृजनाका लागि दबाब, महिला विरुद्वको हिंसा अनत्य, जातीय विभिेद र छुवाछुतको अन्त्यको लगायतका मुद्दा अगाडि सारेको छ।
संविधानले संगठित रुपमा र जबर्जस्ती धर्म परिवर्तन गराउने कार्यलाई निषेध गरेको छ, तर सरकार स्वयंमले धर्म परिवर्तन गराउने कार्यलाई प्रोत्साहन र सहयोग दिइरहेको आरोप राप्रपाका केन्द्रीय सदस्य जयलाल पुनले लगाए।
केही समय अघि काठमाण्डौमा एक धर्मप्रचारक स.स्थाले आयोजना गरेको विवादस्पद कार्यक्रममा प्रधानमन्त्री लगायत सरकारको तामझामपूर्ण सहभागिता र राज्यकोषबाट १३ करोड रुपैयाँ खर्च गरिएको भनाई उनको छ।
धर्म परिवर्तन तथा नेपालको सनातन धर्म र संस्कृतिभाथिको आक्रमण नरोक्ने हो भने सदियौदेखि नेपाली समाजमा कायम रहँदै आएको सद्भाव र एकता खलवलिने देश धार्मिक द्वन्द्वमा फस्ने देखिन्छ, पुनले भने।
उक्त कार्यक्रमको संचालन राप्रपा कास्कीका सहसचिव अनील कुमार शाही गरेको थिए भने मिडिया नेपालका उपाध्यक्ष सूर्य वास्तोलाले आफ्ना पोखरामा हुने कार्यक्रमको जानकारी दिएका थिए।
Related News
सम्बन्धित समाचार
स्वर्णिम वाग्ले रास्वपा उपसभापति
गंगाधर पराजुली जिल्ला सदस्यबाट पदमुक्त, सभापतिले नेतृत्व दिन नसकेको पराजुलीको आरोप
राष्ट्रियसभा निर्वाचन माघ ११ गते
कांग्रेस नेता सापकोटाको प्रथम वार्षिक पुण्यतिथि
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
hero news full width
मुख्य समाचार
गण्डकीको अर्थ समितिले माग्यो रुग्ण आयोजनाको लगत
फेवाताल मिच्ने संरचना हटाउन मुख्यमन्त्री संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति
मंसिर १३, २०८०पब्लिक मिडिलदेखि राष्ट्रिय माविसम्म
मंसिर १३, २०८०पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०