पोखरा, २६ फागुन। पोखरा–१७, छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २३ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनबाट विष्णुप्रसाद पौडेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
समितिको वरिष्ठ उपाध्यक्षमा गोपाल बराल, उपाध्यक्षमा ईश्वरीप्रसाद लम्साल, सचिवमा हरिप्रसाद लम्साल, सह–सचिवमा महदत्त भट्टराई, कोषाध्यक्षमा ऋषिराम बराल, सह–कोषाध्यक्षमा विजयराज आचार्य, सदस्यहरुमा युवराज लामिछाने ‘युवक’, राजेन्द्रप्रसाद आचार्य, सीता बराल, कृष्णप्रसाद लम्साल, खेमराज बराल ‘पुष्प’ र राजन अधिकारी निर्वाचित भएका छन्।
समितिको १ जना उपाध्यक्ष पदमा र ६ जना सदस्यपदमा बाहेकमा निर्वाचन भएको निर्वाचन समितिका संयोजक योगनाथ ढकालले वताए।
निर्वाचनमा उपाध्यक्ष् इश्वरीप्रसाद लम्साल र सदस्यमा सीता बराल, खेमराज बराल , युवराज लामिछाने ‘युवक’, राजेन्द्र प्रसाद आचार्य, कृष्णप्रसाद लम्साल र राजन अधिकारी निर्वाचित भएका छन्।
निर्वाचित अध्यक्ष लगायत सम्पुर्ण सदस्यहरुलाई शनिबार नै सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गरिएका निर्वाचन समिति सदस्य गंगालाल सुवेदीले वताए। निर्वाचन समितिका संयोजक योगनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सदस्य हरिराज पोखरेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
दशैँतिहारमा पोखराका होटलमा ३० प्रतिशत छुट
मानव सेवामा निर्माण व्यवसायीको सहयोग
पोखरा वडा १४ को शुभकामना
क्षत्री समाजको कलश यात्रा र महाआरति
तारकाङ–पोखरा सम्पर्क समाजको शुभकामना
hero news full width
मुख्य समाचार
पोखरामा क्रस कन्ट्री दौड तयारी
दशैँमा गावै रमाइलो, तर बाहिरिने कम
असाेज २२, २०८१सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल
असाेज २१, २०८१साहित्यकार शकुनको कृति चर्चा
असाेज २१, २०८१प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही
असाेज २१, २०८१गण्डकीमा इम्बोस्ड नम्बरको लफडा : पैसा लिने, प्लेट नदिने
असाेज २१, २०८१