बोक्सी आरोप अन्धविश्वासमात्र

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७५
20190303_112925_Fotor

प्रधानमन्त्री ओलीलाई सम्मान गर्दै मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका प्रतिनिधि। तस्वीरः श्रीभद्र पौडेल/आदर्श समाज

हेमजा, २६ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई बोक्सी आरोप लगाउनु अन्धविश्वास भएको बताएका छन्। बोक्सी कुप्रथा तथा प्रथा नभई अन्धविश्वासमात्र भएको उनको ठहर छ।

अन्तराष्ट्रिय नारी दिवस सन्दर्भमा ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ द्वारा निर्मित बोक्सी कुप्रथाविरुद्घको सामाजिक, शिक्षामूलक चलचित्र ‘अग्निदहन’ शुक्रवार बालुवाटारमा अवलोकनपछि ओलीले सो कुरामा बताएका हुन्।

समाजमा गरीब तथा असहाय मानिसलाई बोक्साबोक्सीको आरोप लगाउने गरेकोतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अन्धविश्वासलाई प्रश्रय दिने अधिकार कसैसँग पनि नभएको औँल्याए।

नेपालको पहाडी तथा हिमाली क्षेत्रको तुलनामा तराई क्षेत्रमा बोक्सी कु–प्रथाले बढी जरो गाडेको उनले बताए। साथै ओलीले अभियानको सन्देशलाई देशैभर लैजान सुझाव पनि दिए।

‘सरकार अभियानको साथमा छ, अभियानले जनचेतना जगाउने काम गरेको पाएको छु, चलचित्र चेतनामूलक लाग्यो,’ उनले भने, ‘चलचित्रलाई भोजपुरी र मैथिली भाषामा अनुवाद गरी तराईका जिल्लामा व्यापक प्रदर्शन गर्नुपर्छ। ’

प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायले अभियानमा स्पष्ट्र देखिने गरी साथ दिन सरकारसमक्ष माग गरे। उनले शिक्षा र चेतना वृद्घिका लागि प्रतिष्ठानले कार्य गरेको भन्दै आगामी १५ वर्षभित्र नेपालबाट बोक्सी कु–प्रथा अन्त्य गर्ने लक्ष्यका साथ प्रतिष्ठान अगाडि बढेको जनाए।

प्रतिष्ठानका संरक्षक भुवनेश्वर शर्मा पौडेलले नेपाल सरकारले अभियानलाई संरक्षकत्व प्रदान गर्नुपर्ने बताए।

त्यस अवसरमा प्रतिष्ठान सल्लाहकार महिला बालबालिका मन्त्री थममाया थापा, नेकपा नेता सोमनाथ अधिकारी प्यासी, युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, सहकारी मन्त्री पद्मा अर्याल, गण्डकी प्रदेश सांसद रामजी बराल, सल्लाहकार शोभाकर भण्डारी, कानूनी सल्लाहकार सरलाकुमारी पाण्डे, सरक्षक मोहनराज पौडेल लगायतले पनि धारणा राखेका थिए।

कार्यक्रममा प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेशसभा सदस्य एवम् संस्थाका पदाधिकारी लगायतको पनि सहभागिता रहेको थियो।

प्रतिष्ठान अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन दामोदर बैरागीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width