काठमाण्डौ, २६ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिका प्रस्थान गदैछिन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् ।
राष्ट्रपतिसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयका विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव यामकुमारी खतिवडा, राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी पनि उक्त कार्यक्रमका लागि अमेरिका जाँदैछन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले यही फागुन २८ गते आयोजना गर्ने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य राख्ने तय भएको छ ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही उच्चस्तरीय भेटवार्तासमेत गर्ने बताइएको छ । परराष्ट्रका अनुसार, राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय टुंगिसकेको छ ।
भ्रमणको दौरानमा राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्ने्छिन् । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपतिको कार्यक्रम तालिकामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण पनि समावेश छ ।भण्डारी चैत १ गते स्वदेश फर्कने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
फेवातालको क्षेत्रफल ११२५५ रोपनी
ग्रामीण क्षेत्रमा सडक कालोपत्रे
नेपाल–भारत मैत्री संघको साधारण सभा
सुत्केरीलाई तेल, कुखरा र न्यानो कपडा
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७संसद पुनर्स्थापनापछि विजय र्याली
फागुन १२, २०७७