पोखरा, २५ फागुन। १०९ औं नारी दिवसको अवसरमा मादी गाउँपालिका वडा ८ र ९ मा विविध कार्यक्रम गरिएको छ।
वडा ८ मा वडा कार्यालयको सहयोग तथा मिजुरे मिलन कफी उत्पादन सहकारी संस्थाको आयोजनामा नागिधारमा महिला भेला सहित सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगिता भयो ।
त्यस्तै, वडा ९ मा वडा कार्यालयको आयोजनामा महिला भेला गरी महिला अधिकारबारे चर्चा गरिएको हो। दुवै कार्यक्रम उद्घाटन गर्दै नेपाली काँग्रेसकी नेतृ सरस्वती गुरुङले कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच जरुरी भएको उल्लेख गरिन्। उनले महिलामा आत्मविश्वासको विकास गर्न आवश्यक रहेको औंल्याइन्।
वडा ८ मा आयोजित कार्यक्रममा वडाध्यक्ष यमबहादुर गुरुङ, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, नेपाल शिक्षक संघ कास्की उपाध्यक्ष डाल्डादेवी भुजेल, सामाजिक परिचालक अनिल नेपाली, वडा सदस्य पञ्चमाया नेपाली, टोल विकास संस्थाको प्रतिनिधित्व गर्दै प्रेमबहादुर गुरुङले बोलेका थिए। त्यस अवसरमा आयोजित आमा समूहबीचको नृत्य प्रतियोगितामा चौतारी आमा समूह प्रथम र सुन्दरवेशी आमा समूह द्वितीय भएका थिए।
मादी गाउँपालिका वडा ८ की वडा सदस्य लालदेवी घलेको अध्यक्षतामा भएको कार्यक्रममा मिजुरे मिलन कफी उत्पादन सहकारी संस्थाका व्यवस्थापक एलिशा गुरुङले स्वागत र बाल विकास केन्द्रकी सहजकर्ता बेलमाया गुरुङले संचालन गरेकी थिइन्। उता वडा ९ को मुग्रीवेशीमा आयोजित कार्यक्रममा वडाध्यक्ष तोरणबहादुर गुरुङ, नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, नेपाल शिक्षक संघ कास्कीकी उपाध्यक्ष डाल्डादेवी भुजेल, नेतृ गंगा केसी, पत्रकार प्रकाश ढकाल, मुग्रवेशी टोल विकास संस्थाकी अध्यक्ष शान्ति अधिकारी र कृषि प्राविधिक शिला पौडेलले बोलेका थिए।
मादी गाउँपालिका वडा ९ की वडा सदस्य रीता अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम कल्पना अधिकारीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
तारकाङ पोखरा समाजको सभा
पोखरामा मनाइयो मानवअधिकार दिवस
‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’
लायन्स हेरिटेजको न्यानो कपडा
वडा नम्बर १२ को चोकचोकमा डस्टबिन
hero news full width
मुख्य समाचार
पोखरामा देशकै ठूलो अटो मेला
लेखनाथमा कारले स्कुटरलाई ठक्कर दिँदा २ युवतीको मृत्यु
मंसिर २४, २०८०प्राडा बुद्धिलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, दीपेन्द्रलाई पत्रकारिता पुरस्कार
मंसिर २४, २०८०१७ वर्षे बालकले बस चोरेर चलाउँदा
मंसिर २४, २०८०पुम्दीकोटमा रुंगटा एक्लैको २ करोड दान
मंसिर २३, २०८०माधव नेपालले दिए छानबिनको चुनौती
मंसिर २३, २०८०