खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७५
nsjf gandaki_Fotor

पोखरा, २५ फागुन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

मञ्चको पोखरामा शनिबार सम्पन्न पहिलो अधिवेशनले एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

उनले अध्यक्षका प्रत्यासी दीननाथ बराललाई मात्र १ मतले पराजित गर्दै आगामी कार्यकालको लागि नेतृत्व सम्हालेका हुन् ।

४८ मत खसेकोमा विजयी गिरीले २४ र बरालले २३ मत प्राप्त गरे । १ मत बदर भएको निर्वाचन समिति सदस्य प्रकाश बरालले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा रञ्जन अधिकारी, महासचिवमा विजय नेपाल, सचिवमा राजाराम पौडेल र कोषाध्यक्षमा शशी पौडेल निर्विरोध भए । सदस्यमा खुलातर्फ उमेश पुन, नारायण शाही ठकुरी, रोशन अधिकारी, समावेशी महिलातर्फ कविता घर्तीमगर, आदिवासी जनजातिमा गीता रानामगर र दलितमा सुशील नेपाली विजयी भए ।

आदर्श समाज दैनिकका सहायक सम्पादक समेत रहेका नेपालको महासचिवमा एकमात्र उम्मेदवारी परेको थियो । उपाध्यक्षमा मनोनयन दिएका मन क्षेत्री, सचिवमा सुरज श्रेष्ठ र कोषाध्यक्षमा प्रभू अधिकारीले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिए । सदस्यमा ढाकामोहन बराल (गणेश) र हेमराज अधिकारीले मनोनयन फिर्ता गरे ।

रोचक के छ भने मञ्चको लगातार ३ अधिवेशनसम्म अध्यक्ष पद निर्वाचनमा मात्र १ मतअन्तर हुँदैआएको छ । यसअघि प्रेमनारायण न्यौपाने र केशव पाठक अध्यक्ष जित्दा प्रत्यासीसँग १ मतअन्तर परेको थियो ।

यसैबीच, निर्वाचित गिरीले आगामी दिनमा मञ्चलाई अझै बढाउन दत्तचित्त भै लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्षका प्रत्यासी बरालले नयाँ कार्यसमितिको सफलताको कामना गर्दै सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।

त्यसअघि प्रमुख अतिथि राखेप सदस्य राजेश गुरुङले अधिवेशन उद्घाटन गरेका थिए । अध्यक्षको आसनबाट मञ्च अध्यक्ष केशव पाठकले विगतको तुलनामा मञ्च बृहत् बन्दै गएको र यसले पोखरामा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड यहाँको थप चिनारी बनेको बताए । उनले कार्यकालमा सघाउने सम्पूर्णमा आभार व्यक्त गरे ।

यस्तै, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा मञ्चले वेवसाइट लञ्च गरेको छ । www.nsjfgandaki.com तथा www.nsjfgandaki.org पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले लञ्च गरेका हुन् ।

पोखरा स्पोर्टस् लगायत महत्वपूर्ण इभेन्टका तस्वीर, भिडियो, कार्यसमिति तथा सदस्यको नामावली, प्रेस विज्ञप्ति, सूचना, प्रतिवेदन रहने छन् । साथै कसैले खेलसम्बन्धी समाचार पोष्ट गर्न सक्ने फिचर राखिएको महासचिव रञ्जन अधिकारीले जानकारी दिए ।

मञ्च उपाध्यक्ष दीननाथ बरालले स्वागत मन्तव्य राखेको कार्यक्रममा महासचिव रञ्जन अधिकारी संचालन गरेका थिए ।

बन्दसत्रले महासचिव अधिकारी र कोषाध्यक्ष विजय नेपालको कोषाध्यक्षको प्रतिवेदन पारित गर्यो । अधिवक्ता लीलाबल्लौ न्यौपाने संयोजक रहेको निर्वाचित समिति सदस्यमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल र अधिवक्ता विष्णु अधिकारी थिए । २०५७ सालमा स्थापित नेपाल खेलकुद पत्रकार मञ्च समन्वय समिति कास्की यस वर्ष गण्डकीको नाउँमा दर्ता भएको हो । अधिवेशनमा मञ्चका ५१ जना सदस्य प्रतिनिधि थिए ।

Related News

सम्बन्धित समाचार

  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…
  • पोखरामा पहिलो पल्ट मोटरसाइकल रेस, बाम्दीमा यसरी ओइरिए दर्शक

    विजय नेपाल चैत्र २६, २०८०
    पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३,…

hero news full width