गोल्डेन सहकारीद्वारा जडिबुटी पहिचानबारे प्रशिक्षण

आदर्श समाज सम्वाददाता
फागुन २६, २०७५
golden_Fotor

पोखरा, २५ फागुन । अन्तराष्ट्रिय महिला दिवस अवसरमा जडिबुटी पहिचान, उपचार, रोजगार व्यवसाय तथा उद्योगविषयक प्रशिक्षण एवं शुभकामना आदानप्रदान कार्यक्रम भएको छ।

गोल्डेन बचत तथा क्रृण सहकारी संस्था लि.को आयोजना तथा महिला उपसमितिको संयोजनमा भएको सो कार्यक्रममा प्रशिक्षक अधिवक्ता महेन्द्रमान व्यथितले घरआँगनका जडीवुटी र त्यसको महत्व चिन्न सक्नुपर्ने बताए । पछिल्लो समय नेपालीले आहारविहारमा ध्यान नदिँदा नयाँ–नयाँ रोगको शिकार बन्नुपरेको उनको भनाइ थियो। साथै घरेलु जडीवुटी प्रयोग र यसलाई व्यावसायिक रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे पनि जानकारी दिए।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद पुष्पा केसी भण्डारीले प्रदेशमा पुरुषको तुलनामा महिला बढी भएकाले अब ३३ प्रतिशतमात्र नभई हरेक क्षेत्रमा ५० प्रतिशतको सहभागिता हुनुपर्नेमा जोड दिइन्। अब महिलाहरु परम्परावादी सोचबाट माथि उठेर प्रविधिको प्रयोगतर्फ लाग्नुपर्ने उनको भनाइ थियो ।

आयोजक संस्थाका महिला समिति संयोजक तारा शर्माले तालिमबारे प्रकाश पार्दै महिलाको आयआर्जनका लागि पनि तालिमसिद्ध हुने विश्वास व्यक्त गरिन्। कार्यक्रम संयोजक समेत रहेकी शर्माले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न सके उपयोगी हुने बताइन्। कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका उपाध्यक्ष विन्दु कोइराला सुवेदी, आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद बराल, सचिव कृष्णप्रसाद पोखरेल, सदस्य सीता लामिछाने, सदस्य कमला भुजेल, लगायतले महिला दिवस अवसरमा शुभकामना मन्तव्य राखेका थिए।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width