काठमाण्डौ, २५ फागुन । चीनले भारत र पाकिस्तानलाई संयमित हुन सुझाव दिएको छ । भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यान खिचेको भन्दै चीनले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएको हो ।
चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले भने, ‘घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नका लागि संयमता कायम गरेर वार्ताका माध्यमबाट समस्याको समाधान गर्नु उचित हुन्छ ।’ भारत–पाकिस्तान दुवैले प्रादेशिक अखण्डता र सार्वभौमिकतालाई पूर्णरूपमा सम्मान गर्नुपर्नेमा चीनले सधैँ जोड दिँदै आएको उनले बताए । चीनले दुई पक्षलाई सहअस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको उनको भनाइ छ ।
पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्वीपीय सभ्यताको उपभोग गरेको भन्दै वाङले दुई देश सामु स्थिरता, विकास र समृद्धिको महत्वपूर्ण अवसर देखापरेको समेत बताए ।
Related News
सम्बन्धित समाचार
टुक्रे योजना र जनशक्ति अभाव, लक्ष्य भने ८० प्रतिशत
पर्वतको फलामखानीका विद्यार्थीलाई पोखरेली व्यवसायीको न्यानो कपडा
‘लोकतन्त्र विरोधी आन्दोलनको भविष्य छैन’
बालकृष्ण खाणलाई छाड्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशबीच राय बाझियो
गण्डकी प्रदेश प्रमुखलाई बागमतीको पनि कार्यभार
hero news full width
मुख्य समाचार
१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
मंसिर १७, २०८०एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०