टिपरको ठक्करबाट मृत्यु

रासस
फागुन २५, २०७५
images

गाईघाट, २५ फागुन । उदयपुर गढी गाउँपालिकाको मदनभण्डारी लोकमार्ग खण्डको नेपालटारमा शनिवार बिहान टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी सवार एकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर गढी गाउँपालिका–७ का बासिन्दा ४८ वर्षीय बलबहादुर मगर छन् भने मोटरसाइकल चालक मगरकै छोरा सुजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदनभण्डारी लोकमार्ग अन्तर्गत सडक निर्माणमा कामगर्ने ना १ क ८३४७ नं को टिपरले बा ९३ प ९४३२ नं को मोटरसाइकललाई नेपालटार नजिकै ठक्कँर दिएको थियो ।

घाइते सुजनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि विराटनगर न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । टिपर चालकको खोजी भइरहेको बताइएको छ । नेपालटारका स्थानीयवासी राजन राउतले टिपर चालकले नभएर सहचालकले चलाएका कारण दुर्घटना भएको र चालक लुकेर बसेको हुनसक्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

  • तारकाङ पोखरा समाजको सभा

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । तारकाङ सम्पर्क समाजको आठौं साधारण सभा शनिबार सम्पन्न भएको छ । मादी ४ का अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख…
  • पोखरामा मनाइयो मानवअधिकार दिवस

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरका अवसरमा सबैका लागि मर्यादा, समानता र न्याय भन्ने मूल नाराका साथ कास्कीमा…
  • ‘फरक हिमाली क्षेत्रका समान जीवनशैली’

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा । भूगर्भविद् तथा फोटोग्राफर डा. इरिका र छोरी इर्मट्रड आमोछोरीले खिचेको हिमाली क्षेत्रका समान जीवनशैलीका तस्वीरबारे पोखरामा जारी आठौं…
  • लायन्स हेरिटेजको न्यानो कपडा

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा, २३ मंसिर । लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजनामा मानव सेवा आश्रममा सहयोग गरिएको छ । पोखरा २५, हेमजा…
  • वडा नम्बर १२ को चोकचोकमा डस्टबिन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८०
    पोखरा । पोखरा १२ नम्बर वडा कार्यालयले सरसफाइमा चासो देखाएको छ । शहर सफा राख्न कार्यालयले सामुदायिक विद्यालय, नवीकरण भएका…

hero news full width